Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

वीरगन्ज –  विद्यापति स्मृति पर्व तथा ९७ औँं अमृत जयन्तीका अवसरमा श्रीमद्भागवत मर्मज्ञ पण्डित अमृतनाथ मैथिली संस्कृति संरक्षण पुरस्कार कोष वीरगन्जको आयोजनामा शनिबार बहुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ ।

सो कार्यक्रममा वरिष्ठ साहित्यकार राजेश्वर नेपालीले विद्यापति तथा पण्डित अमृतनाथको तस्बिरमा फूलमाला चढाउनुभएको थियो ।

कार्यक्रममा अयोध्यानाथ चौधरी, रमा झा, कञ्चन झा, पुनम झा, दिनेशचन्द्र गोपाल, त्रिभुवननाथ झा, शोभाकान्त झा, डा विश्वम्भर शर्मा, ओमप्रकाश सिकारिया, डा शिवशङ्कर यादव, अरुणविक्रम शाह, छोटेलाल साह, ऋतुराज पटेल, जवाहरलाल गुप्ता, गोपाल अश्क, डा शशीभूषण वर्णवाल र भारतीय कवि चन्द्रमोहन झा पडवाले आआप्mनो रचनावाचन गर्नुभएको थियो ।

गीता जयन्ती

अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ नेपाल (इस्कोन) वीरगन्जले सोही दिन गीता जयन्ती सम्पन्न गरेको छ । कार्यक्रममा ब्रह्मचारी बक्रेश्वर गौर दासले श्रीमद्भागवत गीतामा उल्लिखित कथावाचन र भजनकीर्तन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया