Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – सात समुद्रपारि नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि सक्रिय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले नयाँ नेतृत्व पाएको छ । आइतबार टोकियोमा सम्पन्न १४औं अधिवेशनले साहित्यकार आनन्द अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जापानमा रहेका नेपाली सर्जकहरूलाई एकताबद्ध गर्दै डायस्पोरामा नेपाली साहित्यको उपस्थितिलाई अझ सशक्त बनाउने संकल्पसहित अधिवेशन सम्पन्न भएको छ । नवनिर्वाचित समितिले प्रवासमा रहेका स्रष्टा, लेखक तथा साहित्यप्रेमीहरूलाई एउटै मालामा गाँस्दै साहित्यिक गतिविधिहरूलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

अधिवेशनबाट उपाध्यक्षमा शरद पोखरेल, दीपा घिमिरे र संगिता कुँवर चयन भएका छन् । संस्थाको कार्यकारी पद मानिने महासचिवको जिम्मेवारी मनोज मौसम केसीले पाएका छन् । यस्तै, सचिवमा नारायण पोखरेल, विनिशा सापकोटा र यमलाल कँडेल तथा कोषाध्यक्षमा सरोज घिमिरे र सह–कोषाध्यक्षमा सरिता चौधरी चयन भएका छन् ।

नयाँ कार्यसमितिको सदस्यहरूमा सुविन न्यौपाने, विश्वबन्धु भण्डारी, भगवती क्षेत्री, दीपक राज पौडेल, हरि विनोद अधिकारी, अप्सरा सुनार र लक्ष्मण भन्तना रहेका छन् । जापानमा नेपाली साहित्यको उन्नयनमा यो नयाँ टोलीले विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया