काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि सार्वजनिक गरेको वैदेशिक मुद्राको विनिमय दरअनुसार जापानी मुद्रा ‘येन’ को भाउमा सुधार देखिएको छ । पछिल्लो समय उतारचढावपूर्ण रहेको येनको मूल्य आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ६० पैसा कायम भएको छ ।
राष्ट्र बैंकको विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ५६ पैसा र बिक्री दर ९ रुपैयाँ ६० पैसा रहेको छ । येनसँगै अन्तर्राष्ट्रिय बजारका अन्य प्रमुख मुद्राहरूको भाउले पनि आज नयाँ उचाइ छोएका छन् । अमेरिकी डलरको बिक्री दर आज प्रतिडलर १५३ रुपैयाँ ४४ पैसा पुगेको छ, जुन नेपाली मुद्राको इतिहासमा डलरको उच्च विन्दुमध्ये एक हो । आज डलरको खरिद दर १५२ रुपैयाँ ८४ पैसा रहेको छ ।
यसैगरी, नेपाली बजारमा उपलब्ध मुद्राहरूमध्ये सबैभन्दा महँगो मानिने कुवेती दिनारले आज ५०० को ऐतिहासिक विन्दु पार गरेको छ । आज कुवेती दिनारको बिक्री दर ५०० रुपैयाँ १३ पैसा कायम भएको छ। युरोपियन युरोको बिक्री दर १७८ रुपैयाँ २८ पैसा र बेलायती पाउन्ड स्टर्लिङको २०६ रुपैयाँ ४३ पैसा पुगेको छ ।
खाडी मुलुकमा श्रम गरिरहेका नेपाली श्रमिकहरूका लागि आजको विनिमय दर यस प्रकार छ:-
कतारी रियाल: ४२ रुपैयाँ ०९ पैसा
युएई दिराम: ४१ रुपैयाँ ७८ पैसा
साउदी रियाल: ४० रुपैयाँ ८७ पैसा
मलेसियन रिंगिट: ३८ रुपैयाँ ४१ पैसा
बहराइन दिनार: ४०६ रुपैयाँ ८९ पैसा
ओमानी रियाल: ३९८ रुपैयाँ ५४ पैसा
यसैगरी क्यानेडियन डलरको बिक्री दर ११० रुपैयाँ ७६ पैसा र अस्ट्रेलियन डलरको ११० रुपैयाँ ०१ पैसा कायम भएको छ । दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ ०२ पैसा रहेको छ ।
भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दर भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर छ । राष्ट्र बैंकले तोकेको यो दर सन्दर्भ दर मात्र भएकाले खुल्ला बजारमा बैंक तथा वित्तीय संस्थाहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।








