Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

तिमिले पारी डांडामा बसेर पात बजाउनु काली

मैले कान ठाडा पारेर सुन्ने छु

तिमि फुलबुट्टे सारीमा सजिएर आउनु काली

मैले तिम्रो सुन्दरता लुकेर हेर्नेछु

तिम्ले बजाउने पातको भाकामा

बर्ग बिभेदको गन्द आउनु पर्ने छ काली

मैले बढो गम्भीर भएर जाँच्ने छु

उचो र निचो कालो र गोरो खुटाउनु काली

मैले त्यसैमा हर्षका आशु झार्ने छु

तिम्ले बजाएको पातका भाकाले काली

ओईसाएर सुतेकाहरु जुरूक्क उठ्नु पर्छ

निरष अचेत भौतारेकाहरू सचेत हुनुपर्छ

तेही भाकाको तरंगले काली

मरेका कोशकोशमा नयाँ जीवन्तता थप्नु पर्छ

यस्तो भाकामा पात बजाउदै जाउ काली

तिम्रा भाकाले गएकाहरू घर फर्कीआउन

पातको भाका सुनेकाहरू

अखण्ड नेपालको निमित्त लड्न तयार होउन ।

तपाईको प्रतिक्रिया