Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

बेल्जियम – सांग्रीला समाज बेल्जियमको आयोजनामा पर्वत जिल्लाको नाङ्लीबाङमा अवस्थित विद्यालयको पुनर्निर्माण सहयोग गर्ने उद्देश्य सहित लुभेनमा च्यारीटी लोक दोहोरी कार्यक्रम सम्पन्न भएको छ । 1

नेपालका ख्यातिप्राप्त लोकदोहोरी गायिका देवी घर्ति मगर र गायक याम क्षेत्री मुख्य आकर्षक रहेको कार्यक्रममा नेपाली राजदूतावास बेल्जियमका कार्यबाहक राजदूत घनश्याम भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । सांग्रिला समाज बेल्जियमका अध्यक्ष खड्क केसी को अध्यक्षतामा भएको पहिलो चरणको औपचारिक कार्यक्रमा बोल्दै केसीले प्रवासमा नेपाली भाषा, साहित्य, कला तथा लोक सस्कृतिको संरक्षणको लागी सांग्रिला समाज बेल्जियमले कार्यक्रम गर्दै आएको र विभिन्न कार्यक्रम हरू मार्फत नेपालमा परोपकारी क्षेत्रमा पनि सहयोग को लागी हातेमालो गरेका बताउनुभयो ।

त्यस्तै का.वा. राजदूत भण्डारीले संसारको जुन कुनै कुनामा रहे पनि आफ्नो भाषा सस्कृति प्यारो लाग्नु को साथै सांग्रीला समाजले नेपाल र नेपाली पन झल्कने भाषा साहित्य जस्ता कार्यक्रम राम्रा भएका विचार राख्नुभयो । unnamed

कार्यक्रममा यूरो कलाकार सङ्घका बलराम पुन तथा अन्य सहयोगी हरुले कार्यक्रमलाई रोचक बनाउन विभिन्न म्युजिक बाध्य बाधनमा विशेष सहयोग गरेका थिए भने कार्यक्रमा स्थानीय कलाकार हरुको तर्फ बाट नृत्य समेत प्रस्तुत गरिएको थियो । रमाइलो दोहोरीमा सभागीहरुले देवी घर्ति मगर र याम क्षेत्रीले प्रसिद्ध लोक दोहोरी गीत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया