Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकार गठनका लागि भएको तीन बुँदे सहमतिप्रति नेकपाका सहसंयोजक माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्।

शनिबार भएको सहमतिअनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशमा तथा नेकपाले कर्णाली र सुदूरपश्चिममा सरकारको नेतृत्व गर्ने समझदारी भएको छ। तर, माधव नेपालले यो सहमति सत्ता बाँडफाँटमा मात्र केन्द्रित भएको भन्दै असन्तोष व्यक्त गरेका हुन्। नेपालनिकट एक नेताका अनुसार सरकार गठनभन्दा अघि साझा नीति, उद्देश्य र कार्यदिशा तय हुनुपर्नेमा त्यसतर्फ ध्यान नदिइएको गुनासो गरिएको छ।

माधव नेपाल निकट नेता रामकुमार भट्टराईले पनि कार्यगत एकतालाई बलियो बनाउँदै भविष्यको वाम एकताको आधार तयार गर्ने गरी सहमति हुनुपर्ने धारणा राखेका छन्। उनका अनुसार नयाँ सरकारले जनताका लागि के नयाँ काम गर्ने भन्ने स्पष्ट प्राथमिकता निर्धारण भएको भए सहमति अझ प्रभावकारी हुने थियो। ओली र प्रचण्डबीच भएको उक्त सहमतिका क्रममा भने माधव नेपाल उपस्थित थिएनन्।

तपाईको प्रतिक्रिया