
काबुल – अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी हमला भएको छ । हमलामा ४० जना मारिएका छन् ।
मर्नेमा अधिकांश सुरक्षा अधिकारी छन् ।सुरक्षाकर्मी सवार गाडीमा आत्मघाती हमला भएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् । काबुलबाट पश्चिममा रहेको पागमान शहरमा आयोजित एउटा समारोहबाट फर्किने क्रममा प्रहरी अधिकृतहरु चढेको गाडीमाथि दुई बम विष्फोट गराइएको थियो । पागमान डिस्ट्रिक्टका गभर्नर हाजी मोहम्मद मुसा खानले विस्फोटमा थुप्रै व्यक्तिहरु घाइते भएको बताउनुभयो । बम विष्फोटको जिम्मेवारी तालिवानले लिएको छ ।
हालै मात्र काबुलमा नेपाली सुरक्षा गार्डहरु चढेको बसमा तालिबानी आतंककारीले आत्मघाती विष्फोट गराउँदा १३ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।– एजेन्सी
तपाईको प्रतिक्रिया








