Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

लण्डन – विश्वको सबै भन्दा ठूलो नकाटिएको हिरा लिलामीका राखिएपनि बिक्री भएन । ‘लेसेडी ला रोना’ नाम गरेको यो हिराको आकार टेनिस बलको जत्रै छ ।
१, १०९ क्यारेटको यो हिरा दुई अर्ब ५० करोड वर्ष पुरोना भएको मानिन्छ ।

गएको वर्षको नोभेम्बरमा बोट्सवानामा उत्खनन्को क्रममा लेसेडी ला रोना फेला परेको थियो । मंगलबार लण्डनमा यो हिरा लिलामीका लागि राखिएको थियो । लिलामीको न्युनतम मूल्य सात करोड अमेरिकी डलर राखिएको थियो । तर लिलामीमा हिरा किन्न आएकाले लगाएको अधिकतम बोली ६ करोड १० लाख डलर मात्रै रह्यो । त्यसपछि हिरा लिलामी नर्गने निर्णय भयो ।

यो हिरा अहिलेसम्म कै सबैभन्दा गुणस्तरको हिरा मानिएको छ । लण्डनको सोथ्वीमा लिलामीमा राखिएको हिरा प्रशोधन नगरिएको अहिलेसम्म कै ठूलो हिरा हो । बोट्सवानाको स्थानीय भाषमा ‘लेसेडी ला रोना’ को अर्थ ‘हाम्रो प्रकाश’ हुन्छ ।

लिलामीमा हिरा बिक्री भएको भए त्यसको ६० प्रतिशत हिस्सा बोट्सवानाको सरकारले पाउने थियो ।जेमोलोजिकल इन्ष्टिच्युट अफ अमेरिकाले गरेको अध्ययन अनुसार यो हिरा रंग तथा पारदर्शिताको आधारमा आइआइए श्रेणीमा पर्छ । यो श्रेणीको हिरा रासायनिक रुपमा सबै भन्दा शुद्ध तथा पारदर्शी हुन्छ ।

दुई प्रतिशत हिरामात्रै यो श्रेणीमा पर्छन् । लेसेडी ला रोना भन्दा ठूलो एउटा मात्रै हिरा छ, जुन सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको थियो । यसलाई बेलायतका राजा एडवार्ड सातौंलाई उपहारमा दिइएको थियो । ३, १०६ क्यारेटको ‘कलिनन’ हिरालाई नौ टुक्रा पारिएको थियो, यो हिरा बेलायती राजपरिवारको गहनामा सामेल गरिएको छ ।

तपाईको प्रतिक्रिया