Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

अमेरिका – कोपा अमेरिकाको उपाधिका लागि गत वर्षको विजेता चिली र अर्जेटिनाबीच प्रतिस्पर्धा हुने छ । खेल अमेरिकाको मेटलाइफ स्टेडियममा भोलि बिहान नेपाली पौने ५ बजे हुनेछ ।

गत वर्ष पनि फाइनलमा भिड्दा चिलीले अर्जे्न्टिनालाई हराउदै पहिलो पटक कोपाको उपाधि उचालेको थियो ।२५ पटक कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको अर्जे्न्टिनाले उपाधि भने १४ पटक उचालेको छ ।

यस्तै कोपाको इतिहासमा ४ पटक फाइनलमा प्रवेश गरको चिलीले पनि एक पटक उपाधि चुमेको छ ।फाइनल पुग्ने क्रममा अर्जे्न्टिनाले १८ गोल गरिसकेको छ भने जम्मा २ गोल मात्र खाएको छ । यता चिलीले पनि १६ गोल गर्दा ५ गोल खाएको छ ।

अर्जे्न्टिनाले कोपा अमेरिकाको उपाधि नजितेको २३ वर्ष पुगिसकेको छ । अर्जे्न्टिन र चिली अहिलेसम्म ८७ पटक प्रतिस्पर्धा भएको छ । जसमा अर्जे्न्टिनाले ५७ खेल जितेको छ भने चिली ६ खेलमा मात्र विजयी भएको छ ।

बाँकी २४ खेल बराबरीमै सकिएको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया