Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

इराक – इस्लामिक स्टेट आईएसको पकड क्षेत्र मानिएको इराकको फलुजा सहर सरकारी सेनाले पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिन सफल भएको छ । इराकी सेनाहरुका अनुसार सो सहर अहिले पूर्ण रूपमा सेनाको कब्जामा रहेको छ ।

सन् २०१४ मा आईएसले आफ्नो नियन्त्रणमा लिएको इराकको उत्तर पश्चिममा रहेको फलुजा लामो समयसम्मको निरन्तर प्रयास पछि सेनाले फिर्ता लिन सफल भएको छ । यस अघि गत महिना फलुजा क्षेत्रबाट आईएसलाई धपाउँदै इराकी सेनाले राष्ट्रिय झण्डा फहराएका थिए ।

फलुजा नियन्त्रणमा भएको दुइपक्षिय भिडन्तमा १ हजार ८ सय सैनिक मारिएका थिए । आईएसलाई सो क्षेत्रबाट धपाउनका लागि इराकी सेनालाई फलुजाका वृद्धवृद्धा, महिला तथा केटाकेटीले समेत सहयोग गरेका थिए ।

प्रधानमन्त्री हैदर अल अवादीले गत महिनामा नै फलुजा सरकारको नियन्त्रणमा आएको बताए पनि पूर्ण रूपमा भने आजमात्र कब्जामा लिन सकेको बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया