Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

अमेरिका – अमेरिकाले सेनामा समलिंगीमाथि लाग्दै आएको प्रतिबन्ध हटाउने भएको छ । आउँदो महिना सेनामा रहँदै आएको समलिंगीमाथिको प्रतिबन्ध हटाउने तयारी भएको रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

सैन्यसेवामा समलिंगीमाथि लाग्दै आएको प्रतिबन्ध अनुचित भएकाले हटाउने निर्णय गरिएको रक्षामन्त्री एस कार्टरले बताउनुभएको बिबिसीले जनाएको छ । अमेरिकी रक्षामन्त्रालयले गरेको निर्णयको समलिंगीको अधिकारको पक्षमा काम गर्दै आएकोले स्वागत गरेका छन् ।

एरिक फान्निङले अमेरिकी आर्मीको सचिवको जिम्मेवारी सम्हाले लगैत यस्तो निर्णय भएको हो । एरिक अमेरिकी सेनाको उच्च अधिकारीमा नियुक्त हुने पहिलो सार्वजनिक पुरुष समलिंगी हुनुहुन्छ । समलिंगीको लागि राष्ट्रिय केन्द्रका अनुसार अमेरिकी सेनामा १५ हजार भन्दा धेरै समलिंगी कार्यरत रहेको अनुमान छ । – एजेन्सी

तपाईको प्रतिक्रिया