Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

लन्डन – बेलायतमा बिहीबार भएको जनमत सङ्ग्रहको परिणाम युरोपेली सङ्घमा नरहनेगरी आएपछि यस निर्णयले विश्वव्यापी रुपमा झड्का उत्पन्न भएको छ । बेलायतले गरेको यो निर्णयपछि विश्वका देशहरुमा यसको असर के कस्तो पर्ला भन्ने बारेमा विभिन्न हिसाबले प्रतिक्रियाहरु आउन थालेका छन् ।

युरोपेली देशहरुको साझा संस्थाका रुपमा रहेको यस सङ्घको साठीवर्षे इतिहासमा वर्षे इतिहासमा बेलायत यसरी बाहिरिने पहिलो राष्ट्र भएको छ भने अर्कातर्फ यस्तो निर्णय गर्ने बेलायत नै यो पहिलो राष्ट्र पनि भएको छ ।

यो निर्णयसँगै बेलायतलाई पनि एकीकृतरुपमा रहने विषयमा चुनौती हुनसक्ने अनुमान पनि बैज्ञानिकहरुले गरेका छन् । स्कटल्याण्डले आफू युरोपेली सङ्घबाट अलग भएर बस्न नसक्ने जनाएको छ भने बहुसङ्ख्यक नभएपनि ठूलो सङ्ख्याका मानिस पनि यो निर्णयमा अडिग रहेका छन् ।

यसरी युरोपेली सङ्घमा रहन नहुने भनी निर्णय गर्ने व्यक्तिको सङ्ख्या दश लाखभन्दा पनि बढी रहेको छ । यसलाई पनि ठूलो सङ्ख्याको रुपमा लिनुपर्ने हुन्छ । बिहीबार भएको जनमत सङ्ग्रहमा ५२ प्रतिशत नागरिकले उक्त सङ्घमा नरहने पक्षमा मतदान गरिसकेका छन् । भने रहनुपर्छ भन्नेहरु ४८ प्रतिशत छन् ।

यसरी यो सङ्ख्या हेर्ने हो भने दश लाखभन्दा बढीको फरक देखिएको छ । यो फरक मतदान पछि अन्ततः बेलायत अब उक्त सङ्घमा नरहने त निश्चित नै भइसकेको छ ।
जुन २३ को इतिहासलाई हामीले बेलायतको स्वतन्त्रता दिवससरह मान्नुपर्ने हुन्छ भन्छन् इयु विरुद्धको अभियानका नेता निगेल फारेज ।

उनका अनुसार अब बेलायतका लागि यो ठूलो अबसर पनि हुनसक्छ र जसले गर्दा आगामी दिनमा यसले युरोपेली युनियनबाट बाहिरिएर ठूलो काम गरेर पनि देखाउन सक्छ ।हामीले यो काम गरिछोडेका छौँ, अन्ततः हामीले जितेका छौँ– युरोपेली सङ्घमा रहनु हुन्न भन्ने अभियानका अभियन्ताहरुले यस्तो नाराबाजी गर्दै विजय जुलुश मनाइरहेका छन् ।
उनीहरुले बाहिर निश्कियौँ बाहिर निस्कियौँ (वि आर आउट) भन्दै नाराबाजी गरेका समाचारमा जनाइएको छ ।

यतिखेर विश्वको छलफलको विषय नै यही बनेको छ । उनीहरुले बेलायत बाहिरिएर के फाइदा हुन्छ वा के घाटा पर्छ भन्ने विषयलाई छलफलको केन्द्रमा राखेका छन् । यसको प्रत्यक्ष असर बेलायतको सेयर बजारमा पनि परेको छ । सेयरको सुरुवात मा नै यो बजार कम्तीमा पनि आठ प्रतिशतले घटेको थियो । तर बेलायतको बैंकले भने आर्थिक क्षेत्रमा कुनै पनि समस्या उत्पन्न हुन नदिने भन्दै लगानीकर्ताहरुलाई ढुक्क रहन आग्रह गरेको छ ।

यतिखेर बेलायतको राजधानी लन्डनदेखि कैयौँ स्थानमा बिजय जुलुशहरु निकालिएको छ । जुलुशमा बेलायती नागरिकले आफ्नो पक्षमा मत आएको भन्दै खुसी व्यक्त पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया