Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

बेलायत – भी सी कप २०१६ को उपाधि फेरी एफ सी क्लब केन्टले जितेको छ ।
बेलायतको फेल्थाम कम्युनिटिमा जुन ११ तारिखमा सम्पन्न फुटबलको फाइनल खेलमा एफ सी क्लब केन्टले ईलाम एफ सी लाई शून्यका विरुद्ध ३ गोल अन्तरले विजयी भएको हो । विजेता एफ सी क्लब केन्टले ७ सय पाउण्ड सहित शिल्ड हात पारेको छ । भेटरेन ३८ वर्ष भन्दा माथि उमेर भएका ६ टिम बिच प्रतिस्पर्धा भएको थियो ।
यसका साथै लमजुङ एफ सी लाई एकै म्याचमा ह्याट्रिक गर्दै बेस्ट स्कोरमा छवि चोङ्बाङ र म्यान अफ द म्याच लोक प्रसाद चेम्जोङ हुनु भएको थियो ।
एफ सी क्लबले स्थापना काल देखिनै बेलायतमा हुने सम्भवत सबै कपहरु हात पारिसकेको छ ।  जस्मा गोर्खा कप र भी सी कप भने २,२ पल्ट हात पारिसकेको हो ।
विभिन्न कारणले उपस्थित हुन नसकेका यस क्लबका खेलाडिहरु नेत्र राई, दिनेश लिम्बु, वेद सुनुवार लगायत धेरैले भाईबरको माध्यमबाट बधाईको आदान प्रदान गरेका थिए ।
पुरस्कार वितरण पश्चात् ग्रुप फोटो खिचे पछि अरू खेलहरुझै क्लबका म्यानेजर बुद्घि सुनुवार, टिम क्याप्टेन पदम योङ्याङ, टिम कोच लोक प्रसाद चेम्जोङ र सचिव छवि चोङ्बाङले टिमलाई बधाई दिँदै यस खेलमा सन्तोष गुरुङ र गुप्तराज चेम्जोङले अरूको नजरमा उत्कृष्ट खेल खेलेको र सबैले अनुशाशनमा रहेर खेल खेलेको हुनाले यो कप पुन हात पारेकोमा धन्यवाद दिएका थिए ।
भेटरेन तर्फबाट एफ सी क्लब केन्टले भी सी कप २०१६ को उपाधि जितेको यस कपमा मेन ईभेन्टमा तोङ्बा क्लब लाई पराजित गर्दै रिडिङ् क्लबले नगद १ हजार पाउण्ड सहित मेन ईभेन्टको उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया