Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

अस्ट्रेलिया – अस्ट्रेलियाको जिलोङ शहरमा भएको ४१ औं अस्ट्रेलियन राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडी मोहन बलमे स्वर्ण पदक जित्नु भएको छ ।
यही जुन १० तारिख सुरु भएको चार दिने खेलमा अस्ट्रेलियामा बस्दै आउनु भएका नेपाली जुडो खेलाडी बमले स्वर्ण पदक जित्नु भएको हो । उहाँले अस्ट्रेलियाको राष्ट्रिय स्तरको टाइटल जित्न सफल भएको यो सहित तेश्रो पटक हो । यस अघि २०१४ र २०१५ मा पनि उहाँले जित हासिल गर्नु भएको थियो । २००४ मा १३ बर्षको उमेरदेखि जुडो खेल सुरु गर्नु भएको उहाँले नेपाल जुडो च्याम्पियनको उपाधी २०१२ मा हात पार्नु भएको थियो । खेलाडी बमले अस्ट्रेलियामा सेन्सी जुडो एकेडेमी र बेन्डिगो जुडो क्लबमा समेत प्रशिक्षण दिइरहनु भएको छ ।

mohan
बमले एडमन्ड युएनसँग मिलेर पुरुष नागे नो कातामा स्वर्ण जित्नु भएको हो । तीन जोडीले प्रतिस्पर्धा गरेको सो प्रतिस्पर्धामा मोहन र एडमन्डले ९० प्रतिशत अंक बटुल्नु भएको थियो । उक्त खेलमा रजत पदक विजेताले ७७ र कास्य पदक बिजेताले ७४ अंक बटुलेका थिए ।
यस्तै, भिक्टोरियास्थित जिलोङ स्पोर्ट्स एरिनामा भइरहेको प्रतियोगितामा अर्का नेपाली खेलाडी खेम भण्डारी थापाले ६० केजी तौलसमूहमा कास्य पदक हासिल गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया