Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

पेरिस – फ्रान्समा युरोकपको चहल पहल बढेलगत्तै सुरक्षा चुनौती थपिएको छ । पछिल्लो सयम ईस्लामिक अतिवादीहरुले युरोपलाई निशाना बनाउँदै आएकाले युरोकपको अवधिभर फ्रान्समा सुरक्षा चुनौती बढेको हो ।

युरोकपका खेल आयोजना हुने फ्रान्सका सबै १० शहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गत वर्ष व्यंग्य पत्रिका सार्ली हेब्दोको कार्यालयमा भएको हमला र गत नोभेम्बरमा पेरिसमा १ सय ३० जनाको ज्यान जाने गरी भएको हमलापछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तर पनि युरोकपको लागि त्यहाँ पुग्ने ५ सय ४० भन्दा बढी खेलाडी तथा लाखौं फुटबल समर्थकहरुलाई आश्वस्त पार्न फ्रान्सले सकिरहेको छैन ।गत सातामात्रै युक्रेनमा पक्राउ परेका एक जना संदिग्ध अतिवादीले युरोकपमा आक्रमण गर्ने योजना बनाएको खुलासा भएपछि सुरक्षा चुनौती झनै थपिएको हो ।

फ्रान्सले युरोकपकै लागि ९० हजार सुरक्षाकर्मी परिचालन गरेको बताएको छ । एक महिनासम्म चल्ने युरोकपका ५१ खेल हेर्न विश्वभरबाट ७० लाख दर्शक फ्रान्स पुग्ने अनुमान आयोजकको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया