Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

तेहरान –ऐतिहासिक सहर सिराजमा दर्जनौ महिलालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई आइतबार फाँसीको सजाय दिइएको छ ।
आमिन दि नाम गरिएको यस व्यक्तिलाई सन् २०१५ मा नै पक्राउ गरिएको थियो।  प्रहरीले आमिनको जस्तै थर भएका १५ हजार व्यक्तिमाथि गरेको अनुसन्धानपछि उनी पक्राउ परेका थिए।
प्रहरीको डिएनए जाँचबाट आमिन पक्राउ परेका थिए । प्रहरीकाअनुसार आमिन दुई वर्ष आगाडी एक पटक मोबाइल चोरीको आरोपमा पनि पक्राउ परेका थिए।  आमिन दिसँगै अर्का एक व्यक्तिलाई पनि बलात्कार कै आरोपमा फाँसीको सजाय दिइएको बताइएको छ।
ती दोस्रो व्यक्तिले एक महिलाको बलात्कार गरेका थिए।  मानव अधिकारवादी संस्था एम्नेस्टि इन्टरनेशनलका अनुसार इरानले सन् २०१५ मा कम्तीमा ९७७ व्यक्तिलाई फाँसीको सजाय दिएको थियो।
फाँसी दिइएका ती व्यक्तिहरूमा प्रायः लागू औषध ओसारपसारमा लागेकाहरु व्यक्तिहरू रहेका जनाइएको छ। – एजेन्सी

तपाईको प्रतिक्रिया