Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

बैंलोर – सनराईजर्स हैदरावादले नवौ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ ।

गयराती बैंलोरको घरेलु मैदानमा भएको फाइनल खेलमा रोयल च्यालेन्जर्स बैंलोरलाई ८ रनले हराउँदै पहिलो पल्ट आईपीएलको उपाधि हात पारेको हो । कप्तान डेभिड वार्नरको ६९ रनको सहयोगले पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । २ सय ९ रनको लक्ष्य पछ्याएको बैंलोर पुरै २० ओभर खेलेर ७ विकेट गुमाएर २ सय रनमा समेटियो । उसका लागि क्रिश गेलले ७६ रन बनाए । ३८ बल खेलेका गेलले यो आईपीएलमा सार्वाधिक रन बनाउने क्रममा ८ छक्का र ४ चौका प्रहार गरेपनि जितका लागि पर्याप्त भएन । यस्तै, कप्तान विराट कोहली ३५ बल खेलेर ५४ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका एबिडि ब्लेयर्सले ५ रन बनाएर आउट भए ।

यस्तै, टिमका लागि के एल राहुल र शेन वाट्सनले समान ११–११ रन बनाए । हैदारावादका लागि बेन कटिङले २ तथा विपुल शर्मा, रहमान र विरेन्द्र शरणले समान १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदारावादका लागि डेभिड वार्नरले सर्वाधिक ६९ रन बनाए । ***

तपाईको प्रतिक्रिया