अमेरिका- अमेरिकी राष्ट्रपति भवन बाहिर गोली हानाहान भएको छ । यूएसपार्क प्रहरीका अनुसार गुप्तचर सेवाका एक एजेन्टले मूख्य भवन नजिकको चेकपोष्टमा हतियारसहित रहेका व्यक्तिलाई गोली हानेका हुन् ।
घटनाका कारण केही समय ह्वाइटहाउस बन्द गर्नुपरेको थियो । तर पछि फेरि पूर्ववत सञ्चालन गरिएको छ । यो समयमा राष्ट्रपति बराक ओबामा भने मेरिल्याण्डमा गल्फ खेलिरहेको जनाइए पनि उपराष्ट्रपति जो बाइडेन भने ह्वाइटहाउसमै रहेका थिए । गोली प्रहारबाट गम्भीर घाइते बनेका आशंकित व्यक्तिलाई अस्पताल लगिएको छ ।
तपाईको प्रतिक्रिया








