भियतनाम – भियतनामको १४ राष्ट्रिय सभा (एनए)का लागि हुने निर्वाचनमा ५०० सिटका लागि ८५० जनाले प्रतिस्पर्धा गर्ने भएको भियतनामी अधिकारीले मङ्गलबार जनाएका छन् ।
एनए कार्यालयका प्रमुख गुयेन हान फुक तथा १३ औँ महासचिवले उक्त कुरा हानोइमा मङ्गलबार पत्रकार सम्मेलनगरी घोषणा गर्नुभयो । प्रतिस्पर्धीमध्ये ३३९ अर्थात् ३८.९७ प्रतिशत महिला उम्मेदवार छन् भने २०४ अर्थात् २३.५ प्रतिशत आदिवासी अल्पसङ्ख्यक रहेको पत्रकार सम्मेलनमा बताइयो ।
उम्मेदवारमध्ये ९७ जना भियतनामी कम्युनिस्ट पार्टीका सदस्य नरहेको बताइएको छ । प्रतिस्पर्धी १६८ जना १३ औँ सभामा निर्वाचित सदस्य रहेका छन् । सन् २०१५ मा १३ औँ सभाले सन् २०१६ को मे २२ मा निर्वाचन गर्ने घोषणा गरेको थियो ।
नयाँ सभाको पहिलो बैठक सन् २०१६ को जुलाईमा हुने भियतनामी अधिकारीले बताएका छन् ।








