दुबई – पाल्पाली समाज युएईले आफ्नो पहिलो बार्षिकोत्सव भब्य कार्यक्रम गरि मनाएको छ । कार्यक्रमका अवसरमा नेपाली मौलिक बाजा पञ्चेबाजा समेत प्रस्तुत गरिएको थियो ।
संयुक्त अरब ईमिरेट्समा रहेका पाल्पाली युवाहरुको समुह हो पाल्पाली समाज युएइ । दुबईको ईम्पेरियल सुईट होटलको सभाहलमा भएको कार्यक्रममा युएईमानै पहिलो पटक पञ्चेबाजा प्रत्यक्ष रुपमा प्रस्तुत गरिएको थियो । समाजका उपाध्यक्ष तथा सांस्कृति कार्यक्रम संयोजक कैलाश अर्यालले नेपाली कला संस्कृति संरक्षणका लागि युएईमा पहिलो पटक पञ्चेबाजा प्रस्तुत गरिएको जानकारी दिनुभयो । मगरसंघ युएईको समुहले कार्यक्रममा पञ्चेबाजा प्रस्तुत गरेको थियो ।
कार्यक्रमका लागि नेपालबाट बोलाईएका प्रशिद्ध कलाकारद्धय नारायण रायमाझी र जमुना रानालाई अभिनन्दन पनि गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा तथा विशिष्ट अतिथि लुम्बिनि वेल फेयर सोसाईटी अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक डि एल शर्माले कलाकारद्धयलाई दोसल्ला र सम्मान पत्रले अभिनन्दन गरेका थिए । कार्यक्रममा रायमाझीले नमुछे आमा दहीमा टिका…., सान्नानीले भुक्याई मलाई…. लगायत आधा दर्जन आफ्ना गितहरु प्रस्तुत गर्नुभएको थियो ।

त्यसतै रानाले बिहान होस बेलुका.. लगायतका गित प्रस्तुत गनुभयाे । कार्यक्रमका लागि आर्थिक लगायतका सहयोग गर्ने ब्यवसायी तथा समाजसेवीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष खुम बहादुर आले र महासचिव बेद प्रसाद पाल्पालीको संचालनमा भएको थियो । कार्यक्रममा युएईमै रहेका नेपाली कलाकारहरु हरि डुम्रे, बिष्णु गिरी, दिपिका गुरुङ लगायतका कलाकारले गित तथा नृत्य प्रस्तुत गनुर्रेभएकाे थियो ।
यसैबीच भएको प्रथम बार्षिकोत्सबको अवसरमा संस्थाको प्रगति विवरण पूस्तुत गर्दैै विभिन्न समयमा दश लाख बराबर सहयोग गरिएको जानकारी दिईएको थियो । संगठन निर्माण शुरु गरिएको पहिलो बर्षमानै युएईका सात मध्ये छ वटा स्टेटमा शाखा खोलि सकिएको अध्यक्ष खुम बहादुर आलेले जानकारी दिनुभयो ।








