Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

क्वालालम्पुर – गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाका अध्यक्ष महेन्द्रजंग शाह कारवाहीमा परेका छन । शनिवार बसेको वैठकले उनलाई कारवाही गरेको हो ।

मलेसियास्थित नेपाली राजदूतावासमा विभिन्न व्यक्ति, संस्थाले दिएको उजुरी, विभिन्न पत्रपत्रिकामा आएका समाचार र मलेसियाका प्रहरी कार्यालयमा परेको उजुरीहरुको आधारमा निज शाहलाई कार्वाही गरिएको जनाईएको छ ।
विश्वभर संगठित संस्था एनआरएनमा समेत दाग लाग्ने देखिएकोले उनलाई कारवाही गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उजुरी र समाचारप्रति एनआरएनका अन्य पदाधिकारी तथा सदस्यहरुलाई जानकारी गराउँदा पनि अटेर गरेको र वैठकसमेत नबोलाएकोले उपाध्यक्षको पहलमा वैठक बसी कारवाही गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ ।

बैठकले दुई महिनाभित्र सम्मेलन गरी अर्को कार्यसमिति निर्माण गर्न एनआरएन मलेसियाका प्रमुख संरक्षक शंकरबहादुर पौडेललाई जिम्मेवारी तोकेको छ । नेपाली मुलका मलेसियन नागरिक पौडेल यसअघि तीन कार्यकाल अध्यक्ष भइसकेका व्यक्ति हुन् ।
एनआरएनको खोल ओढेर मनपरि गर्नेहरुले संस्थाको बदनाम गर्नुका साथै बिगबिगी बढ्न थालेकोप्रति चिन्ता ब्यक्त गरिएको छ । ***
NRN Malasiya

तपाईको प्रतिक्रिया