Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

बेलायत – किराँत सत्तेहाङ महागुरु फाल्गुनन्द समाज सेवा बेलायतको आयोजनामा किराँत उभौली (यक्वा तङ्नाम) पुजा सम्पन्न भएको छ । प्रकृतिका पुजारी किराँतहरुले धर्म, सस्कार र परम्परा बचाउनका लागि बेलायतमा बसेर भएपनि यक्वा तङ्नाम पुजा गरेका हुन ।
किराँतहरुले बाली लाउनु अघि प्रकृतिलाई पुजा गरेर यस वर्ष बाली राम्ररी फलोस, समयमा पानी परिदियोस, प्रकृतिले बाली पाक्ने समयसम्म रक्षा गरि दियोस भनेर प्रार्थना गर्ने समयलाई उभौली पुजा (यक्वा तङ्नाम) भनिन्छ । बेलायतमा बसेपनि आफ्नो पिता–पुर्खाले चलाई ल्याएको संस्कार र रितिलाई आफ्नो भावि सन्नतीलाई जोगाई राख्नको लागी यो पुजा गर्ने गरिएको पुजारी (सेवा साबा) रुद्र तुम्बापोले बताउनु भयो ।
कार्यक्रमको अन्त्यमा लिम्बुहरुको चर्चित ढोल नाँच (केःलाङ) नाँचिएको थियो । पुजा–आजा गर्दा नाँचिने नाँच माङ्लाङ (देवि देवतालाई मनाउन नाँचिने नाँच) नाँचेको पुजारी तुम्बापोले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया