Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

क्विटो – इक्वेडरको उत्तरी तटीय क्षेत्रमा गत अप्रिल १६ मा गएको ७.८ रिक्टर स्केलको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६४६ पुगेको इक्वेडरका राष्ट्रपति राफेल कोरियाले बताउनु भएको छ ।

एक टेलिभिजनमार्फत बोल्दै कोरियाले यस भूकम्पमा परी ६४६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ हजार ४९९ जना घाइते भएका र अझै पनि १३० जना बेपत्ता रहेका बताउनुभएको छ । यस भूकम्पबाट सात हजार घर ध्वस्त हुनुका साथै दुई हजार सात सयभन्दा बढी क्षतिग्रस्त भएको छ । भूकम्पको कारण २६ हजार ९१ जना व्यक्ति शरणार्थी स्थलमा बस्दै आएका र भूकम्प प्रभावित क्षेत्रमा करिब १४ हजार सुरक्षा अधिकारीहरु तैनाथ रहेका पनि उहाँले बताउनुभएको छ ।

राष्ट्रप्रमुखले शक्तिशाली भूकम्प गएको एक हप्तापछिडी दिनुभएको सदेशमा देशले ७० वर्ष पछाडि यस्तो विपत्ती भोग्नु परेको र अत्यन्त दुःखको यस घडीमा धैर्य राख्नु नै यस विपत्तीबाट मुक्ति पाउने एक मात्र उपाय भएको बताउनुभएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार ७।८ रिक्टर स्केलको मापन गरिएको यो भूकम्पमपछि पनि बारम्बार शक्तिशाली भूकम्पहरु गएको बताइएको छ ।

तपाईको प्रतिक्रिया