Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

लण्डन (बेलायत) – अङ्ग्रेजी भाषणका सुप्रसिद्ध नाटककार तथा कवि विलियम सेक्सपियर र उहाँको जन्मभूमि बेलायतमा भन्दा भारतमा बढी प्रसिद्ध भएको मङ्गलबार सार्वजनिक गरिएको सर्वेक्षणले जनाएको छ ।

ब्रिटिस काउन्सिलले १५ देशका १८ हजार मानिससँग प्रसिद्ध कवि तथा नाटककार सेक्सपियरको मृत्यु भएको ४०० औँ पुण्यदिवसमा गरिएको सर्वेक्षणमा ८३ प्रतिशत भारतीयले उहाँलाई चिनेको बताएका थिए । तर बेलायतमा भने ५७ प्रतिशत नागरिकले उहाँलाई चिन्ने बताएका जनाइएको छ । ‘अलद वर्डस’ नाम दिइएको सर्वेक्षणमा नाटककार सेक्सपियरलाई अन्य मुलुकको नागरिकको तुलनामा बेलायती नागरिकले कम चिन्ने जनाएका बताइएको छ ।

धेरै मानिसले सेक्सपियरका कारण बेलायतप्रति सकारात्मक रहने गरेको बताइरहँदा बेलायती नागरिकले नै सेक्सपियरबारे कम जान्नु आश्चर्यजनक भएको देखिएको छ । मेक्सिकोमा ८८ प्रतिशत र ब्राजिलमा ८४ प्रतिशतले नाटककार सेक्सपियरलाई जानेको बताइएको छ ।

उनीहरुमध्ये केहीले सेक्सपियर जन्मेको देश भएका कारण आफू एकपटक बेलायत पुग्न चाहेको बताएका थिए । सेक्सपियरको मृत्यु भएको ४०० वर्षपछि पनि उहाँका कृति तथा फुटकर कविताहरु विश्वभर विशेष महत्वका साथ पढाइने गरेको सर्वेक्षणमा नेतृत्व गरेको ब्रिटिस काउन्सिलमा सेक्सपियरको जीवनी सम्बन्धमा कार्यरत निर्देशक रोजम्यारी हिलहट्सले बताउनुभयो ।

बेलायतमा सेक्सपियरद्वारा लेखिएको कृति उहाँकै भाषामा पढाइने गरिए पनि अन्य देशमा उहाँको मौलिक कृतिका अतिरिक्त अनुवाद गरिएका संस्करणहरु पनि पढाइने गरेको हिलहट्सले बताउनुभयो ।

उहाँका कृतिलाई संसारका १४० भन्दा बढी देशमा पु¥याउनु व्यवस्थित तरिकाले गृहकार्य गरिँदै भएको ब्रिटिस काउन्सिलले बताएको छ ।

तपाईको प्रतिक्रिया