Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

सिड्नी – अष्ट्रेलियाको सिड्नीमा रहेको म्याग्दी सेवा समितिको पहिलो साधारण सभाले हरि राम्जालीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा राजकुमार भण्डारी, उपाध्यक्षमा मुक्ति रोका, सचिवमा इन्द्र थापा, कोषाध्यक्षमा लक्की श्रेष्ठ, सहसचिवमा सुसन श्रेष्ठ र सहकोषाध्यक्षमा दिपक भण्डारी चयन भएका छन ।

यसैगरी सदस्यहरुमा हरि गिरी, गणेश बोगटी, दिनेश खत्री, सुमन बानिया, राजिन कार्की, दिपेन्द्र भण्डारी, तुल बुढाथोकी, याम बुढाथोकी, इन्द्र तुलाचन, किस्मत मल्ल, लुकेश राम्जाली, विश्व खत्री, बुद्धि छन्त्याल, तेजेन्द्र पुन, अमित रोका, निरप्रसाद गर्बुजा, खेम पुर्जा, खेम केसी सर्वसम्मत चयन भएका छन ।
magdi-sewa-sameetiसभामा प्रमुख अतिथिको आसनबाट बोल्दै संस्थापक अध्यक्ष उतम पुनले सम्पूर्ण म्याग्देली एक भएर लागेमा जिल्लाको विकास कार्यमा सजिलो हुने र विभिन्न समिति समुह बनाए पनि सबैभन्दा पहिलो म्याग्देली नै हुने कुरा भुल्न नहुने बताए ।

यसैगरी नवनिर्वाचित अध्यक्ष राम्जालीले आगामी दिनमा १ करोडको अक्षयकोष स्थापना गरी त्यसबाट प्राप्त हुने ब्याजले जिल्लास्थित शिक्षा स्वास्थ्य र विभिन्न क्षेत्रमा कार्य गर्ने बताए ।सोहीअनुरुप बेनी बचत तथा ऋण सहकारीमा खाता खोली रु १६ लाख जम्मा भैसकेको र आगमी दिनहरुमा विभिन्न कार्यक्रम गरि उक्त रकमलाइ १ करोड पुरयाउने लक्ष्य रहेको राम्जालीले बताए ।

साधारण सभाको बन्दसत्रमा संस्थाको नामाकरण सम्बन्धि प्रस्ताव माथि व्यापक छलफल भएता पनि टूंगो लाग्न नसकेकोले आगामी कार्यक्रममा सो विषयलाई पुन: अगाडि बढाईने भएको छ ।

सिड्नीको कोग्राह स्थित एभरेष्ट होटलको सभाहलमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राम्जालीलार्इ संस्थापक अध्यक्ष उतम पुन र अन्य पदाधिकारी र सदस्यहरुलाई नर्वनिर्वाचित अध्यक्ष राम्जालीले सपथ ग्रहण गराएका थिए ।***

तपाईको प्रतिक्रिया