Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं– विक्रम सम्वत २०७३ सालको अवसरमा बेल्जियममा सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । क्षेत्री समाज बेल्जियम र साँग्रीला समाजले संयुक्त रुपमा लुभेन शहरमा आगामी ७ मईमा कार्यक्रमको आयोजना गर्ने भएको हो ।

हरेक बर्ष झै यस बर्ष पनि नेपाली नयाँ बर्षको अवसरमा क्षेत्री समाज बेल्जियम र साँग्रीला समाज बेल्जियमले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेका हुन् । लोकप्रिय लोकदोहोरी गायकहरु याम क्षेत्री, देबी घर्ती एबम स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहने जनाईएको छ । यसपटकको नयाँ वर्षको सांस्कृतिक कार्यक्रम पर्वतस्थित एक विद्यालयको स्तर उन्नतीका लागि समर्पीत हुने जनाइएको छ । सो विद्यालयलाई कम्प्युटर प्रदान गरिने आयोजक पक्षले जानकारी दिएको छ । कार्यक्रममा सहभागी हुन बेल्जियममा बस्ने सबै नेपालीहरुमा आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया