Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं– लोकगायक कमल खनालको ‘छोरो खेलाउँदै’ बोलको गीत सार्वजनिक भएको छ । गीति एल्मब परदेशी छोरोमा समावेश ‘छोरो खेलाउँदै’ गीत नयाँ वर्षको अवसर पारेर अमेरिकामा सार्वजनिक भयो । सो गीत अमेरिकाको बाल्टिमोरमा आयोजित एउटा विशेष सांस्कृतिक कार्यक्रममा महाबाणिज्यदूत तथा लोकगायक प्रेमराजा महत, अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष तथा लोकगायक रामप्रसाद खनालले संयुक्त रुपमा विमोचन गर्नुभयो । विमोचित गीतको म्यूजिक भिडियो युट्युबमा सार्वजनिक भयो ।
सार्वजनिक सो गीतमा शब्द, संगीत, कमल खनालकै छ । चर्चित गायिका देबी घर्ती र कमल खनालको स्वरमा रहेको गीतको म्यूजिक भिडियोको निर्देशन प्रकाश भट्टले गर्नुभएको छ । महेन्द्र तिमील्सिना र सिरु विष्टको अभिनय म्यूजिक भिडियोमा रहेको छ ।

तपाईको प्रतिक्रिया