Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

न्युयोर्क – गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय कमिटि एनआरएन आइसीसी अन्तगत खेलकुद समितिले पूर्णता पाएको छ । शुक्रवार जारी विज्ञप्ती जारी गरी खेलकुद समितिका अध्यक्ष नारायण गुरुङले समितिलाई विस्तार गरेको जानकारी दिनुभएको छ ।
समिति अन्तरगत ६ क्षेत्रका लागि छुट्टा छुट्टै संयोजक तोकिएको छ । ओसियाना र एशिया क्षेत्रको संयोजकमा अष्ट्रेलियाका राजु मानन्धर, युरोप क्षेत्रमा वेलायतका लागि ङमरजङ्ग गुरुङ , अमेरिकाका लागि सञ्जीव श्रेष्ठ, मध्यक्षेत्रका लागि बहराइनका झमकप्रसाद सापकोटा र अफ्रिका क्षेत्रका लागि केन्याका कृष्णदत्त भट्ट संयोजक तोकिएको छ ।
समितिको सदस्यमा अष्ट्रेलियाका बिष्णु हमाल, वेल्जीयमका कृष्ण केसी, क्यानडाका हेमन्तमोहन थापा, नेदरल्याण्डका हिमाल गुरुङ, जर्मनीका रनबहादुर साउद र नविन पाण्डे रहनुभएको छ । अन्य सदस्यहरुमा हङकङका महेन्द्र गुरुङ, फिलल्याण्डका नारन मगर, जापानका श्री गुरुङ, कोरियाका रिसमन गुरुङ, मकाउका मुकेशकुमार वरुवाल र राजु नगरकोटी रहनुभएको छ । यस्तै नाइजेरियाका रोहित भानगर, ओमानका रवीन सिल्पकार, रसियाका खेम लामिछाने, अमेरिकाका सविता राजराजभण्डारी र छेमाङ्ग तामाङ्ग तथा तान्जेनियाबाट रोशन थापा, कतारबाट रोशन श्रेष्ठ , जापानका केशव गिरी र वेलायतका राष्ट्र राई सदस्य रहनुभएको छ ।
समितिको मिडिया कोअडिनेटरको जिम्मेवारी बिष्णु हरि घिमिरेलाई दिइएको छ । घिमिरेले यस अघि अमेरिका क्षेत्रको मिडिया कोअडिनेटरको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
२८ सदस्यीय समितिमा आठ जना सल्लाहाकार रहेका छन् । सल्लाहाकारमा अमेरिका क्षेत्रबाट ६ जना रहेका छन् । उत्तर अमेरिकाका पूर्व क्षेत्रीय संयोजक आरसी मुकेशकुमार सिंह, पूर्व ओलम्पियन एवं इन्टरनेश्नल तेक्वादो एशोसियशनका अध्यक्ष विधान लामा, नेपाल कराते महासंघका पूर्व अध्यक्ष थानेश्वर राई समितिको सल्लाहाकारमा मनोनित भएका छन् । यस्तै नरबहादुर दाहाल, सुनिल चौधरी र मनोज श्रेष्ठलाई सल्लाहाकारमा राखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सशस्त्र प्रहरी बलका महानिरिक्षक दुर्जकुमार राई र नेपाल ओलम्पिक कमिटिका प्रतिनिधिका रुपमा सदस्य तेज गुरुङ पनि एनआरएन खेलकुद कमितिको सल्लाहाकार हुनुभएको छ । एनआरएन आइसीसीका अध्यक्ष शेष घले र अन्य पदाधिकारीहरुको सल्लाह र सहमतिमा कमिटि विस्तार गरिएको बताइएको छ । समितिको पदावधि दुइ बर्षको हुने छ ।

तपाईको प्रतिक्रिया