Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

नयाँ दिल्ली – भारतीय केन्द्र सरकारद्वारा उत्तराखण्डमा पछिल्ला दिनहरुमा राजनीतिक सङ्कट गहिरिएपछि आइतबारबाट लागु हुनेगरी राष्ट्रपति शासन लगाइएको छ ।

राष्ट्रपति शासनको काङ्ग्रेस आईले विरोध जनाएको छ ।

राष्ट्रपति प्रणव मुखर्जीले केन्द्रीय मन्त्रिपरिषद्को सिफारिसमा भारतको संविधानको अनुच्छेद ३५६ अनुसार आइतबार काङ्ग्रेस आईका हरिस रावत नेतृत्वको राज्य सरकार बर्खास्त गरी राष्ट्रपति शासनको घोषणा गर्नुभएको हो ।

आसाम राज्यको निर्वाचन अभियानमा शनिबार आसाम पुग्नुभएका प्रधानमन्त्री नरेन्द्र मोदी राति नै दिल्ली फर्किनु भएपछि शनिबारै मन्त्रिपरिषद्को आपतकालीन बैठक बसेको थियो ।

उक्त बैठकले राष्ट्रपतिलाई उत्तराखण्डमा विकसित पछिल्ला घटनालाई लिएर राष्ट्रपति शासन लगाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया