Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

सेन्दाइ – जापानको सेन्दाइमा बस्दै आएका नेपाली विद्यार्थीले सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् । आफ्नो सहर सफा बनाउ भन्ने उद्धेश्यका साथ नेपाली विद्यार्थी संघको आयोजनामा सेन्दाइ बृहत सरसफाइ कार्यक्रम गरिएको हो । सेन्दाइ स्टेसनको पश्चिमी गेटमा रहेको विभीको अगाडि भेला भइ आइतबार विहान ८ बजेबाट सुरु गरिएको सरसफाइ कार्यक्रम इचिबान्च्यो, कोकुबुन्च्यो हुँदै सेन्दाइ स्टेसनसम्म गरिएको थियो । त्यसपछि विभीमै आएर सरसफाइ कार्यक्रमको समापन गरिएको थियो ।
पार्टटाइम जब तथा विभिन्न भाषा स्कुल, कलेजमा अध्ययनरत विद्यार्थीहरु सरसफाइ कार्यक्रममा सहभागी भएका थिए । नेपालमा गत बैशाखमा गएको भूकम्पमा जापानबाट सहयोग भएको स्मरण गर्दै संघका अधक्ष्य बिरेन्द्र चलाउनेले नेपालीहरुपनि एकजुट भएर कामकै बीचबाट समय बचाएर सरसफाइ कार्यक्रम गरेको बताउनुभयो ।
उहाँले विदेशमा बस्ने नेपालीबीचमा भाइचाराको संबन्ध कायम रहोस भन्दै सेन्दाइ छोडेर जाने विद्यार्थीको लागि २१ तारिखमा विदाइ कार्यक्रम राखेको समेत जनाकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया