अस्ट्रेलिया – बहुभाषिक र बहुसांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा नेपाल प्रबद्र्धनका कार्यक्रम सम्पन्न भएको छ ।
अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सबको रुपमा मानिने पाको फेस्टाले मूल आयोजक डाभर्सिटाटसंग आबद्ध भएका करीब १०० जातीय संस्था र अन्य संगठनहरुको सहभागितामा एक लाखभन्दा बढी सहभागीहरुलाई आ-आफ्नो सांस्कृतिक चाल/चलन, रिति/रिवाज, खान/पान आदिको निरन्तरता र प्रचार प्रसारलाई प्रोत्साहन गर्दै नाच/गान, कार्यशाला गोस्ठी, प्रदर्शन जस्ता बिबिध कार्यक्रम सहित आफ्नो ४० औं बार्षिकी भब्यताका साथ मनाउँदा नेपालीले भने चौथो पटक सहभागिता जनार्इ नेपाल प्रबर्धन गरेकोहो ।
परेडमा सहभागीहरुले नेपाली झल्काउने किसिमका पहिरन, नेपाली झन्डा, ब्यानर र स्टलमा पोस्टर र नेपाली सामग्रीहरु मार्फत नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउने काम गरिएको थियो । परेडमा सहभागीहरुले आ-आफ्नो जातीय पहिचान झल्काउने पहिरन मार्फत अनेकतामा एकता दर्शाउने काम समेत भएको थियो । नेपालीहरुको समूहमा बिदेशीहरुको समेत उल्लेख्य उपस्थिति थियो । कार्यक्रमको उदघाटनको लगत्तै अस्ट्रेलियाको भिक्टोरिया राज्यका बहुसांस्कृतिक एबं नागरिक जिम्मेवारी बहन गर्नु भएका मन्त्री रविन स्कट र पर्यटन जिम्मेवारी बोकेका मन्त्री जोन एरेन र सांसद क्रिस्चिन कोजिन नेपाली समुदायका बीच आएर नेपाली समुदायको गतिबिधीको प्रसंशा गर्दै आफूहरु नेपाली समुदायसंग नजिक रहेर काम गर्न रुचाएको बताउनु भयो ।
कुमारीको भेषमा रहनु भएकी मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाह र बुद्धको भेषमा रहनु भएका मिस्टर नेपाल अस्ट्रेलिया २०१४ अनुपम ध्वज किरणमा धेरै बिदेशीको आकर्षण बन्न पुगेका थिए । कार्यक्रमको अर्को चरणमा रेखा श्रेष्ठ, ग्रेस शेर्पा माप्लेसन र स्कारलेट शेर्पा माप्लेसनले न्रित्य प्रदर्शन गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया








