Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

कतार– गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले कतारी गृह मन्त्रालयका उच्च अधिकारीसँग कतारमा रहेका नेपाली कामदारको हकहितका बिषयमा छलफल गर्नुभएको छ । कतार भ्रमणमा रहनुभएका अध्यक्ष घलेले कतारी गृह मन्त्रालयका व्रिगेडियर अव्दुल्लाह खालिफा मुफ्ताहसंग भेटवार्ता गर्नुभएको हो ।

गैरआवासीय नेपाली संगठनको प्रतिनिधिले कतार सरकारको उच्च तहमा छलफल गरेको हो पहिलो पटक हो । भेटवार्ताका क्रममा एनआरएन अध्यक्ष शेष घलेले कतारमा कार्यरत ४ लाख नेपालीले कतारको अर्थतन्त्रमा लामो समयदेखि योगदान दिएको स्मरण गराउदै नेपाली कामदारको हकहितलाई केन्द्रमा राखेर निति नियम तर्जुमा गर्न आग्रह गर्नुभएको थियो ।

नेपाल सरकारका बिशेष दूतसमेत रहनुभएका अध्यक्ष घलेले कतारमा काम गर्ने धेरै नेपालीहरु भूकम्प प्रभावित रहेको र उनीहरुको आवास तथा परिवारका सदस्य गुमेकाले सहयोग गर्न कतार सरकारका अधिकारीलाई आग्रह गर्नुभएको थियो ।

अध्यक्ष घलेले नेपालमा संविधान निर्माणसंगै मुलुक आर्थिक संबृद्धि र स्थिरताको यात्रामा अघि बढ्न लागेको बताउदै कतारी लगानीकर्तालाई नेपालको जलबिद्युत, पर्यटन र पूर्वाधार विकासमा लगानी गर्न आग्रह गर्नुभयो ।

भेटवार्तामा कतारी गृहमन्त्रालयका ब्रिगेडियर अब्दुल्लाहले नेपाली कामदारले कतारको अर्थतन्त्रमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भूकम्पपीडित नेपाली कामदार र उसको परिवारका लागि सहयोग गर्न आफ्नो सरकार इच्छुक रहेको धारणा राख्नुभयो ।

कतार सरकारले कतार आउने नेपाली कमदारलाई सीपयुक्त बनाउन नेपालमै तालिमकेन्द्र सञ्चालन गर्न इच्छा देखाएको छ । दक्ष कामदारका लागि कतारमा निक्कै राम्रो अवसर रहेको भन्दै ब्रिगेडियर अब्दुल्लाहले नेपाली जनशक्तिलाई सीपयुक्त बनाएर बठाउन आग्रह गर्नुभयो । भूकम्पपीडितका सहयोगका लागि कतार फाउण्डेशनसंग समन्वय गर्न समेत उहाँले सुझाव दिनुभयो ।

भेटवार्ताका क्रममा एनआरएनका अध्यक्ष घलेका अलावा अन्य पदाधिकारी तथा एनआरएन कतारका पदाधिकारीहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया