Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

हुनत अहिले भारत नेपालसंग हारिसकेको छ । यसलाई खाली बुझ्न सक्नु पर्दछ । नेपालमा दलहरुलाई खिचातानी गराउने र आफ्नो स्वार्थ पुरा गर्ने रणनीतिले हावा खाएको छ, त्यसैले घुर्की देखाईरहेको छ, बच्चाले जस्तै – मलाई चकलेट नदिने हो भने होमवोर्क गर्दिन भने जस्तो । अनि यो हार नभए के त ?

आफ्नो देशमा अंगिकृत नागरिकता लिएकाहरुलाई कुनै पनि हालतमा देशको उच्च ओहोदामा पुर्याउन नहुने वकालत गर्दै आज देशको प्रधानमन्त्री हुन पुगेका मोदीलाई दोश्रो मुलुकमा अंगिकृत नागरिकता लिएकाहरुलाई देशको सम्पूर्ण निकायमा पुग्न पहुच हुने गरी संबिधान संसोधन गर्न दबाब दिने नैतिक अधिकार कसरी हुन्छ ? के यसको उदेश्य हामी बुझ्दैनौ ? आउनुहोस् हारिसकेको भारतलाई अर्को पटक रणभूमिमै उत्रन नदिने गरी कसरी गृहकार्य गर्न सकिन्छ चर्चा गरौ । हामीले बलद्वारा होइन बुद्धिद्वारा यसको समाधान खोज्न सक्दछौ होइन भने हाम्रै जीवनकालमा र हाम्रा भाबी पुस्ताहरुको जीबनमा पनि घरीघरी अर्को संबिधान लेखिरहन नपर्ला भन्न सकिन्न ।

१. चीनसँग नजिक हुने (नेताहरु बारम्बार चीन भ्रमणमा जाने र सम्भब हुँदा सम्म चीनबाट पनि उच्च स्तरीय भ्रमणको तारतम्य मिलाउने, देशका विभिन्न भागहरुमा चाइनिज भाषाका बिद्यालयहरु सरकारी स्तर मै सुरु गर्ने ) ।
२. चीनको चासोको बिषय तिब्बत बिरुद्ध नेपालमा कहिल्यै पनि, कुनै पनि गतिबिधि हुन नदिने भनेर सम्झौता नै गरिदिने र व्यवहारत: पनि लागू गर्ने बदलामा २ वटा कुरा माग्ने
क) चीनसंगका ५ वटा नै नाकाहरुको रोडमार्गहरुको स्तरोन्नति गरी सम्पूर्ण आवश्यक सामग्रीको आयात गर्न मद्दत माग्ने ।
ख) कम्तिमा ५ हजार मेघावाट बिधुत उत्पादन आयोजना जे जसरी हुन्छ तत्काल सुरु गर्न तारतम्य मिलाउने ) ।
३. तीन दलका नेताहरु र कार्यकर्ताहरु मधेसमा गइ हाम्रा मधेशवासी नेपालीहरुको घर दैलोमै गएर स्थितिको यथार्थ जानकारी गराउने । (२०/२५ बर्ष अघि हाम्रो मधेशमा छिरी निहित उदेश्यका साथ नागरिकता लिई आज हामीहरुबीच फाटो ल्याउने जुन खेल खेलिदै छ यो केवल हाम्रो उर्बर भूमि र पानिको मुहान क्षेत्रलाई सिक्किम जस्तै गरी हडप्ने दाउ हो भनेर जनचेतना जगाउने । यदि आवश्यक परेको खण्डमा मधेशमा बस्ने हाम्रा गरीव किसानहरुको लागि विभिन्न किसिमका राहत जस्तै भन्सार छुट, औषधी उपचारमा छुट, सरकारी सेवाहरुमा बिशेष कोटा र गरीवी भत्ता जस्ता प्रतक्ष्य सुबिधाहरुको ब्यबस्था पनि गर्ने र अहिलेका मधेशको नाम बेचेर हिडेका लिडे भारतीय दलालहरुलाई बहिस्कार गर्न अभिप्रेरित गर्ने )
४. भारतले नेपालसंग गर्दै आइरहेका असमान सन्धि र ब्यबहारहरुलाई अन्तरास्ट्रियकरण गर्न हरसम्भब प्रयास गर्ने, भारतका बिरुद्ध भएका देशहरुसंग एक्बद्दता कायम गर्ने ।
५. कृषिलाई आधुनिकीकरण गर्न बिशेष योजनासहित लगानी गर्ने र कम्तिमा खाध्यान्नमा स्वनिर्भरता भएर नै छाड्ने ।
६. हामी देशका जनताहरुलाई प्रारम्भमा पर्न सक्ने कठिनाई र जोखिमको निम्ति बेला बेलामा धन्यवाद सहित माफी माग्ने, तर ठुला दलहरु जस्तो सुकै परिस्थितिमा पनि एक आपसमा मनमुटाब नगर्ने, किनभने यस्तो भयो भने फेरि भारतीय दलालहरु त्यही क्षिद्रबाट घुस्ने छन् ।
७. कृतिम हल्लाहरु चलाउने (नेपालका विभिन्न मिडियाहरुले पनि भारतीय मिडियाहरुले जस्तै विभिन्न कृतिम हल्ला चलाउने जस्तो कि नेपालको दक्षिणी सीमा सुरक्षाको निम्ति चिनियाँ सैन्य बल राख्नको निम्ति बृहत छलफल भैरहेको छ जस्तो भारतलाई दबाब सिर्जना हुन सक्ने हल्लाहरु ।)

यसरी बार्षिक ६ अर्बको व्यपार र अन्य धेरै आन्तरिक फाइदाहरू गुम्ने भएपछि भारत आफ्नो ठाउमा आउने निश्चित छ ।
मलाई अहिले यी हरफहरु लेख्दैगर्दा एउटा कुरा स्मरण भयो कि, करीब २ बर्ष अगाडि मेरो भान्जा भारतको बैंगलोरबाट आफ्नो अध्यायनको छुट्टीमा घर आएका थिए, कुरै कुरामा मैले भान्जासंग जिज्ञासा गरे- बाबु इन्डियनहरु कति ब्रिलियन्ट हुन्छन है ? जवाफमा म तीन छक परें , भान्जाले भने होइन मामा हामी नेपाली भन्दा धेरै कमजोर हुन्छन तपाईंले जति सुन्नुभएको छ जति भेट्नुभएको छ, केहि राम्रालाई मात्र भेट्नुभएको छ, यदि जनसंख्यालाई तुलना गरेर हेर्नुभयो भने यथार्थ तपाईंलाई थाहा हुनेछ । हाम्रो भन्दा झन्डै ५० गुणा बढी जनसंख्या भएको ठाउँबाट छानिएकाहरुलाई मात्र हामीले देखेका छौ र चिनेका छौं । भारतमा यस्तो ठाउँहरु छ जहाका जनताहरु हिन्दी भाषा पनि बोल्न सक्दैनन् । – भान्जा को जवाफ यस्तो थियो । यहाँनेर यो प्रशंग किन जोडेको हो भने हामीहरु जन्मजात नै भारतीयहरुसंग दबेका छौ तर यथार्थ तेस्तो होइन, हामीले पनि आफ्नो मनस्थिति परिबर्तन गर्नुपर्दछ ।***

तपाईको प्रतिक्रिया