Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

हाम्रो पार्टी नेकपा (एमाले)का पोलिटब्युरो सदस्य, लुम्बिनी अञ्चल इन्चार्ज एवं पूर्व सभासद् कमरेड रामनाथ ढकालको २२ चैत्र २०७१ का दिन दिउँसो १.४० बजे काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा दुःखद निधन भएको छ । उहाँको अकल्पनीय र असामयिक निधनबाट नेकपा (एमाले) मर्माहत, स्तब्ध र शोकाकूल भएको छ ।

कमरेड रामनाथ ढकाल हाम्रो पार्टीको अत्यन्त जुझारु, गतिशील र क्षमतावान युवा नेता हुनुहुन्थ्यो । आफ्नो ३५ बर्ष लामो राजनीतिक जीवनमा उहाँले विद्यार्थी आन्दोलन, पार्टी सङ्गठन विस्तार, निरङ्कुशतन्त्रका विरुद्ध सञ्चालित लोकतान्त्रिक आन्दोलन र संसदीय जिम्मेवारीजस्ता कामका सबै क्षेत्रमा कुशल नेतृत्व दिन र गहिरो प्रभाव छाड्न सफल हुनुभएका थियो । ५२ बर्षको अल्पायुमै भएको उहाँको निधनले हाम्रो पार्टीलाई धेरै क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

२०१९ पौष ५ गते गुल्मी जिल्ला खड्गकोट गाविस वार्ड नं ३ उपल्लो कोरेङमा बुबा दीनानाथ शर्मा ढकाल र आमा देवकला शर्मा ढकालको जेष्ठ सुपुत्रका रूपमा जन्मिनुभएका कमरेड रामनाथ ढकालले प्रारम्भिक शिक्षा पूर्वोत्तर भारतमा प्राप्त गर्नुभएको थियो । स्वदेश फर्केसँगै विद्यार्थी आन्दोलनमा सङ्लग्न हुनुभएका उहाँ २०३७ सालमा अनेरास्ववियुको गुल्मी जिल्ला कोषाध्यक्षका रूपमा लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा खटिनुभएको थियो । उच्च शिक्षा अध्ययनका निम्ति पोखरा स्थानान्तरण भएसँगै उहाँले अनेरास्ववियुको कास्की जिल्ला कमिटी, पृथ्वीनारायण क्याम्पस स्ववियु सहसचिव, क्षेत्रीय कमिटीको अध्यक्ष, केन्द्रीय सदस्य र पूर्णकालीन कार्यकर्ताको रूपमा गण्डकी र धवलागिरीमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको जुझारु र लोकप्रिय व्यक्तित्वबाट अत्तालिएका निरङ्कुश शासकहरूको निर्देशनमा मण्डलेहरूले उहाँमाथि पोखरा, बाग्लुङ र पर्वतमा पटक–पटक साङ्घातिक आक्रमण गरेका थिए । पटक–पटक गरी डेढ वर्ष पंचायती तानाशाहीविरुद्ध संघर्ष गर्दा जेलको कठोर यातनासमेत खेप्नुभएका कमरेड ढकालले २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा अनेरास्ववियुको केन्द्रीय सदस्यका रूपमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो र उहाँ अनेरास्ववियुको महासचिव हुँदै केन्द्रीय अध्यक्ष निर्वाचित हुनुभएको थियोे ।

२०३७ सालमा पार्टी सम्पर्क प्राप्त गर्नुभएका कमरेड ढकालले २०४०/६/६ मा नेकपा (माले) को पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो र पार्टी जिल्ला कमिटी, विद्यार्थी फ्य्राक्सन, केन्द्रीय विभाग लगायतका जिम्मेवारी सम्हाल्नुभएको थियो । माओवादी सशस्त्र द्वन्द्घ र प्रतिगमन उत्कर्षमा रहेको बेला अञ्चल सचिव तथा इन्चार्जको रूपमा उहाँले लुम्बिनी अञ्चलमा सम्पन्न गर्नुभएको जिम्मेवारी अविस्मरणीय रहेको छ । २०६२ मङ्सिर ४ गते बुटवलमा आयोजित ऐतिहासिक जनप्रदर्शन तथा विशाल जनसभा राजा ज्ञानेन्द्रको तानाशाहीका विरुद्ध पहिलो र विशाल विरोध प्रदर्शन थियो, जसले २०६२/६३ को आन्दोलनको वातावरण निर्माणमा उल्लेखनीय भूमिका खेलेको थियो । यसको संयोजनमा अंचल ईन्चार्जका हैसियतले कमरेड ढकालको महत्वपूर्ण योगदान थियो । बुटवलमा आठौं राष्ट्रिय महाधिवेशनको सफल आयोजना र नवौं राष्ट्रिय महाधिवेशनको सुरक्षा एवं स्वयंसेवक परिचालन पनि उहाँको व्यवस्थापकीय क्षमताका दृष्टान्तका रूपमा छन् । सातौं महाधिवेशनपश्चात् केन्द्रीय सदस्य रहनुभएका कमरेड ढकाल नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा पुनः निर्वाचित हुनुभएको थियो र हाल उहाँ पार्टी पोलिटब्युरो सदस्य र लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

२०५१ सालमा गुल्मी– १ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भएर कमरेड रामनाथ ढकालले जिल्लाको विकास निर्माणमा सक्रिय भूमिका खेल्नुभएको थियो र सफल सांसदको रूपमा आफ्नो विशिष्ट छाप छाड्नुुभएको थियो । २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा रूपन्देही क्षेत्र नं ५ बाट विजयी उहाँले व्यवस्थापिका-संसदमा राज्य व्यवस्था समितिको सभापतिको रूपमा खेल्नुभएको भूमिका संसदीय इतिहासमा सदैव स्मरणीय रहनेछ ।

२०७१ असोज महिनादेखि अस्वस्थ रहनुभएका कमरेड ढकाल क्षयरोग र लिम्फो प्रोलिफिरेटिभ नामक रोग विरुद्ध सङ्घर्षरत हुनुहुन्थ्यो । भारतको मेदान्त अस्पतालमा उपचारपश्चात् केही स्वस्थ हुनुभएका उहाँ पाल्पाको रामपुरमा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्केसँगै स्वाइन फ्लु र निमोनियाको गम्भीर सङ्क्रमणबाट आक्रान्त हुनुभयो । श्वेत रक्तकोषहरू निकै कम भएका कारण शरीरको प्रतिरोधी क्षमता एकदमै कमजोर अवस्थामा भएका अनेकौं रोगहरूको आक्रमणका कारण चिकित्सकहरूको अथक प्रयासका बाबजुद उहाँलाई बचाउन नसकिएको स्थितिबाट सिङ्गो पार्टी असाध्यै मर्माहत भएको छ ।

दुःखको यस घडीमा नेकपा (एमाले) केन्द्रीय कमिटीको तर्फबाट कमरेड रामनाथ ढकालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

कमरेड रामनाथ ढकालका गतिशीलता, जुझारुपन र जस्तोसुकै प्रतिकूल अवस्थामा पनि पार्टीले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने जस्ता गुणहरूको पार्टीले सधैभरि स्मरण र अनुशरण गरिरहनेछ ।

अध्यक्ष तथा संसदीय दलका नेता

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया