Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

तपाईको परिवारको सदस्य पीडित भएको भए यसरी नै भन्न सक्नुहुन्थ्यो मन्त्रीज्यू  ?

माननीय गृहमन्त्रीज्यू
नमस्कार

Ram Bhakta Raiमन्त्रीज्यू कसरी म यो पत्र शुरु गरु ? मलाई नै गाह्रो भइरहेछ, राम्रा कुराबाट शुरु गरु भने धेरै अभिब्यक्ति अनि कार्यहरु तपाईका अचम्मका अनि अपत्यारिला छन जुन सुन्नलाई अनि देख्नलाई पनि नरमाइला लाग्छन तर नराम्रा कुराबाट शुरु गरु भने जीवनको एकहत्तरै बसन्त अनि त्यसमध्य आफ्नो जीबनको एकाउन्नौ बसन्त नेपालको राजनीतिमा बिताइसक्नु भएको छ। यस मानेमा तपाई नेपालको एक अनुभवी, चलाखी अनि शक्तिशाली नेता हो । तपाईका पछाडि हजारौ नेता कार्यकर्ता छन । त्यही भएर त २०५४ सालमा पार्टी नै टुक्राउन सफल हुनुभयो अनि चुनावमा शून्यतामा रमेपश्चात पनि फेरि पुरानै पार्टीमा फर्केर आउँदा समेत राम्रै स्थान पाउनुभयो। अनि आज एमालेको उपाध्यक्ष अनि नेपालको गृहमन्त्री हुनुहुन्छ तपाई। तपाईमा के छ त्यस्तो शक्ति ? ता की तपाई जतिसुकै, जस्तो सुकै लफडामा फसे पनि पटक पटक गृहमन्त्री पड्काउन अनि पार्टीको अनि नेपालकै बरिष्ठ नेतामा परिरहनु भा’छ। कि नेपालमा ठुला नेता हुनलाई नराम्रा काममा नाम जोडि नै पर्ने हो ? नराम्रा अभिब्यक्ति दिनै पर्ने हो ?

२०२१ सालमा रुपन्देहीको कम्युनिष्ट पार्टीमा आबध्द हुनुभयो तपाई। राजनीति शुरु गर्दा के थियो तपाईंको सपना थाहा छैन मलाई।२०२६ सालबाट पुरै आफ्नो समय राजनीतिमा दिनुभयो, अनि राजनीतिमा राम्रै प्रगती पनि गर्नुभयो। रुपन्देही जिल्ला सचिव, लुम्बिनी अञ्चल सदस्य, मुक्ति मोर्चाको संस्थापक सदस्य, उत्तर-पश्चिम कमिटी सचिब, केन्द्रिय सदस्य, उपमहासचिब हुँदै पार्टी फोरेर मालेको महासचिव अनि फेरी एमालेमै आएर केन्द्रीय उपाध्यक्ष।

Bamdev Gautamअहिलेसम्म तपाई तीनचोटी उपप्रधान अनि गृहमन्त्री भइसक्नुभयो। प्रत्येक चोटी गृहमन्त्री हुँदा बिबादमा आउनुहुन्छ तपाई। आजसम्म तपाईले कही जागिर पनि खानु भा’छैन अनि ब्यापार पनि गर्नु भा’छैन। तथापि तपाईको आज राम्रो घर छ उद्योगपतिको झैं भैसेपाटीमा। कसरी कहांबाट कमाउनुभयो यतिका सम्पत्ति मन्त्रीज्यू ? कि राजनीति कमाउने उद्योग हो ? यो प्रश्न तपाईलाई मात्र हैन आज राजनीतिको खोल ओढेर सडकबाट आलिशान बङगलामा पुग्ने सम्पूर्ण नेताहरुलाई हो। जति बिबादमा तानिए पनि तपाईको पार्टीले तपाईलाई नै पार्टीको नेता बनाएर मिलिजुली सरकारमा पठाउछ किन ? एमालेमा अरु नेता नभएकै हो ? एमालेको भरपर्दो नेता तपाई नै हो ?

तपाईका पहिलेका बिबादलाई आज म कोट्याउन चाहन्न किनकी तपाई त बिबादको एक भण्डार नै हो। जे होस तपाईले गर्नुभएका बिबादहरु राष्ट्रिय हित हुने खालका हुने भए आज देश धेरै अगाडि बढिसकेको हुने थियो किन कि तपाईं नेपालको एक शक्तिशाली ब्यक्तित्व हो । त्यही भएर त धेरै ठुला ठुला नेताहरु पनि घुंडा टेकेका छन तपाईंको अगाडि अनि तपाईलाई केही भन्न सक्दैनन, तपाईंले जे गल्ती गरे पनि अनि फाईदा लिइरहनु भएको छ लगातार, हैन र ? जे होस बिन्ति छ अब देशको लागि सोचिदिनुहोला, समाजको लागि सोचिदिनुहोला।

तपाई यो पटक गृहमन्त्री भएपछिका तपाईका केही भनाई अनि प्रस्तुतिलाई उतार्न गईरहेको छु। तपाईले युवासंघको कार्यक्रममा उपस्थिति जनाउनलाई ट्राफिक जामलाई पर्खन नसकी अधैर्य भएर बिच बाटोमा नै गाडीबाट निस्केर बाटो काट्न नमिल्ने ठाउंबाट बाटो काटेर जानुभयो, जुन धेरै चर्चामा रहयो। तर मलाई यसले छोएन किन की मैले बुझे, ब्यस्तताले त्यस्तो गरायो होला। रमेश खरेलले भनेका थिए, प्रहरी अधिकृतहरुको बढुवामा पैसाको चलखेल हुँदैछ, यो नहोओस। तपाईले गृहमन्त्रीको हैसियतले यसलाई अनुसन्धानको बिषय बनाउनुपर्थ्यो अनि सत्यतथ्य पत्ता लगाएर कि खरेल झुटो आरोपी, कि ति दलाली प्रहरी अधिकृतलाई कार्वाही गर्नुपर्थ्यो। तर केही भएन खरेललाई सरुवा गरेर सबै कुरा रहस्यमा रहयो। जे होस् मैले सोचे यो पनि ठिकै होला मन्त्री जस्तोले गरेको निर्णय।

केही हप्ता पहिले महिलाहरुले बलात्कार बिरुध्दको कार्यक्रममा गृहमन्त्रीको हैसियतले बोलाएको ठाउंमा तपाईंले भन्नुभएछ ‘सङ्क्रमणकालमा यस्ता बलात्कारका घटनाहरु घटनु स्वभाबिक हो।’  यो मन्त्रीज्यूको भनाईको आशयचाँही मैले बुझ्नै सकिन, के तपाई पीडकहरुलाई सान्त्वना अनि पीडितहरुलाई घाउमा नुन खुर्सानी छर्कन त्यो कार्यक्रममा जानु भएको हो ? कि हाम्रो अन्तरिम संबिधानमा यस्तै कुरा उल्लेखित छ ? के सङ्क्रमणकालमा जनताको अधिकार लुटिएको हुन्छ र ? सङ्क्रमणकालको परिभाषा यही हो ? तपाईको परिवारको सदस्य पीडित भए पनि तपाई यसरी नै भन्नसक्नुहुन्छ मन्त्रीज्यू ? कृपया मन्त्रीको, नेताको भूमिका निर्वाह गर्न सक्नुहुन्न भने पनि मानबताको त भूमिका निर्वाह गर्ने कोशिस गर्नोस। न्यायिक राज्य निर्माण गर्न सक्नुहुन्न भने पनि कृपया आपराधिक राज्य निर्माण गर्न कोशिस नगरिदिनोस। किन कि त्यसको शिकार भोलि तपाई नै हुन के बेर ?

नेपालमा ई-भिसा प्रणाली लागु गर्ने सोच तपाईको सान्दर्भिक छ किन कि समयको बेग संगै हामी अघि बढ्नुपर्छ। तर तपाईले इ-भिसा प्रणालिको ठेक्का बिदेशी कम्पनिलाई किन दिने भन्ने सन्दर्भमा जुन कुरा भन्नु भएको छ त्यो सान्दर्भिक देखिदैन। तपाई भन्नुहुन्छ अन्तरराष्ट्रिय बिमानस्थल, काठमाडौंका कर्मचारी अग्रेजी बोल्न जान्दैनन, इ-भिसा सम्बन्धी कम्प्युटर सफ्टवेयर चलाउन जान्दैनन, तपाई बिदेशबाट नेपाल फर्कदा अध्यागमनका कर्मचारी डेस्कमा नै थिएनन अनि थुप्रै यात्रु सरासर गए, राहदानी चेक नगरी नै अनि तपाई भन्नुहुन्छ हाम्रो पैसा बिदेशमा छापिन्छ, राहदानी बिदेशमा बन्छ भने के भयो त इ-भिसा सम्बन्धी ठेका बिदेशीलाई दिंदा।

मन्त्रीज्यू, नेपालमा काम गर्न किन अंग्रेजी जान्नुपर्‍यो ? यदी अंग्रेजी जान्ने मान्छे चाहिएको नै हो भने अंग्रेजी बोल्न नजान्ने कर्मचारीलाई हटाएर अग्रेजी बोल्न जान्ने कर्मचारी ल्याउन मिल्दैन र ? यदी कोही पनि जान्दैन भने त्यै कर्मचारीलाई अंग्रेजी सिकाउन मिल्दैन र ? इ-भिसा सम्बन्धी सफ्टवेयर चलाउन आउँदैन भनेर कसरी थाहा पाउनुभयो तपाईले त्यसको लागि कहीकतै बिज्ञापन दिनुभएको छ ? यदी कोही नेपालीलाई नआए पनि उनिहरुलाई तालिम दिएर दक्ष बनाएर देशमा दक्ष जनशक्तिको निर्माण गर्नु कि डलरमा बिदेशीलाई काम लगाउनु बेश ? अध्यागमनमा कर्मचारीको लापर्वाही देख्दा पनि चुप लागेर, यात्रुहरु राहदानी जांच नगराई आउँदा पनि टुलु-टुलु हेर्ने कस्तो गृहमन्त्री तपाई ? तपाईले त तुरुन्त ति कर्मचारीहरु जो आफ्नो ड्यूटीमा तल्लिन थिएनन उनिहरुलाई कार्वाही गरेर राम्रा कर्मचारीहरुको ब्यवस्थापन गर्नुपर्ने हैन र मन्त्रीज्यू ? धिक्कार छ तपाईलाई। हाम्रो पैसा बिदेशमा छापिन्छ, राहदानी बिदेशमा बन्छ भन्दैमा सबै कुरामा बिदेशीलाई ताक्ने हैन, हामीले त, ति बिदेशमा भर परेका कुरा स्वदेशमै गर्न सक्ने जनशक्तिको बिकास गर्नुपर्‍यो, त्यो पो त बिकास। हैन यसरी नै बिदेशीको भर पर्ने हो भने हाम्रो अस्तित्व के नै रहयो र मन्त्रीज्यू ?

डन दिनेश अधिकारिको मृत्‍यु प्रकरणलाई तपाईले जसरी आफ्नो पार्टीको कार्यकर्ता भन्दा पनि एक अपराधीकोरुपमा अर्थात आफ्नै पार्टीका केन्द्रीय नेताहरुको बिपरित पनि प्रहरीको साथमा रहनु भो यो एकदमै सही हो। किन कि जब कोही मान्छे गलत बाटामा लाग्छन त्यो पार्टीको मान्छे नभएर देशको अनि समाजको दुश्मन बन्न पुग्छ। जब समाजको दुश्मनलाई पार्टीले सहारा दिन्छ समाजमा आतंक फैलन्छ, तसर्थ सदा सर्बदा पार्टीभन्दा माथि देश र कानुनलाई राख्नुहोला।

अन्तमा, तपाईको राजनैतिक अनि ब्यक्तिगत जीबनमा प्राप्त गरेका अनुभबहरुलाई सही तवरले प्रयोग गर्नुहोला। अन्यथा तपाईका ति अनुभब तपाई मै सीमित रहनेछन। मलाई थाहा छ तपाईसँग धेरै राम्रा अनि धेरै नराम्रा अनुभवहरु पनि छन जुन सान्दर्भिक पनि हो। ति नराम्रा अनुभब अनि कलालाई तुरुन्तै आजैबाट छाडि राम्राहरुको मात्र सदुपयोग गरी आफ्नो जीबनलाई सार्थक बनाउनुहोला। अन्यथा ईतिहासले तपाईलाई धिक्कार्ने छ। शक्ति कहिलै पनि दिगो रहदैन तर इमान्दारिता सदा रहिरहनेछ, तसर्थ देश र जनतासंग इमान्दारी हुने कोशिस गर्नुहोला मन्त्रीज्यू। आजलाई यत्ति ! ***

जय नेपाल

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया