Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

नेकपा एमाले स्थायी समितिको बैठक (०७१ फाल्गुन १०) मा पार्टीको आर्थिक व्यवस्थापनका बारेमा विभिन्न कोणवाट छलफल भयो । राजनीतिक दलहरुको आर्थिक परिचालन एउटा स्वातन्त्र विषय मात्रै होइन । यो पार्टीको चरित्र, संस्थागत परिपाटी, नेताहरुको आर्थिक आचारण, कार्यकर्ताहरुको भरनपोषण, पार्टीभित्र बर्गहरुको निर्माण र त्यसका बीचको टकराव हो । यस्तै पार्टी र राज्यका बीचको सम्बन्ध, पारदर्शीता राज्य र पार्टीको जनपक्षिय चरित्रको निर्माण लगायतका विषयसँग सम्बन्धित विषय पनि हो । राज्यका विभिन्न तहको निर्वाचन ( संसद वा स्थानीय निकाय) मा मात्र हैन पार्टीको आन्तरिक निर्वाचनमा समेत पैसा र बलको प्रभाव निकै हदसम्म निर्णायक हुन थालेको छ । यस्तो सन्दर्भमा आर्थिक स्रोत र त्यसको परिचालन विधिसम्मत तथा पारदर्शी तरिका अपनाईएन भने राजनीतिक दल र तीनका नेताहरुको चरित्रको क्षयीकरण डरलाग्दो रुपमा हुँदै जाने छ ।

पछिल्ला दिनहरुमा आर्थिक लेनदेनका आधारमा पार्टीहरुमा संसदको उम्मेदवारी लिने÷दिने अबस्था सिर्जना हुँदै गएको छ । त्यो पनि पार्टीको संस्थागत निर्णयमा होइन केवल नेताहरुको रुचीमा । पार्टीका प्रमुख नेताहरुका बीचमा अन्य कतिपय विषयमा मतान्तर हुँदा हुँदै पनि टिकट विक्रीको मामाला भने अनपेक्षित एकता देखिन्छ । यस्तो प्रवृत्ति एमाले, कांग्रेस, एमाओवादी सवैमा देखिएको छ । फरक १९÷२० को मात्र हो । मधेश केन्द्रीत दलहरु त यो मामलामा अझ बढी बदनाम छन् । समानुपातिक उम्मेदवार शक्तिशाली नेताहरुका लागि लैनो भैंसी जस्तै भएको छ ।

हामीले अवलम्वन गरेको निर्वाचन प्रणालीले पनि पैसाको प्रभावलाई बढाईरहेको छ । टिकट लिन पैसा चाहिने । झनै चुुनाव जित्नका लागि त अकुत पैसा खर्च हुुने गरेको छ । त्यही व्याक्ति मन्त्री बन्छ । जब उ मन्त्री बन्छ उसले चुुनावको खर्च उठाउन मात्रै होइन अर्को चुुनावको लागि पैसाको जोहो गर्न समेत लाग्छ । त्यतिमात्रै होइन मन्त्री पदमा टिकिरहनका लागि पार्टीको संस्थागत खर्चमात्र नभएर अमुक नेताहरुको घरदेखि गुट खर्चसम्मको चाँजो पाँजो मिलाउँन उसले के केसम्म गर्ला ? आज त्यस्तै भैरहको छ । इमान्दार मानिसहरु पनि खराब प्रणालीको शिकार हुन बाध्य छन् । खराबका लागिका त बहाना त्यसै मिल्ने नै भयो । यी नै विषयबस्तुको सेरोफेरोमा आज नेकपा (एमाले) स्थायी समितिको बैठकमा मैले निम्न विषयहरु प्रस्तुत गरेको छु ।

१. जनताले प्रत्यक्ष निर्वाचित गर्न पाउने प्रधानमन्त्रीको संबैधानिक व्यवस्था गर्ने र प्रधानमन्त्रीले संसदभन्दा बाहिरवाट मन्त्रिहरु बनाउने । यदि यसो गरिएमा नचाहिदो ढंगले खर्च गरेर चुुनाव जित्ने अनि मन्त्रि भएर खर्च उठाउने प्रचलनलाई रोक्न सकिन्छ । सांसदहरुले विशुद्ध विधायिकाको रुपमा काम गर्ने छन् । चुनावको वेलामा जनतालाई असम्भव आश्वासन दिनु पर्ने बाध्यतावाट मुक्त हुन सकिने छ ।

२. प्रत्यक्ष कार्यकारीको निर्वाचनको व्यवस्था गरे पछि संसदको निर्वाचन पूर्ण समानुपातिका प्रणालीका आधारमा गरिनु पर्दछ । पार्टीबाट समानुपाति तर्फका उम्मेदवार छनोट गर्दा नेताका खल्ती र भागबण्डाबाट हैन पार्टी सदस्यहरुको ‘प्राइमरी’बाट छनोट गर्नु पर्दछ । त्यसलाई नेताको मनमौजिले परिवर्तन गर्न नपाउने व्यवस्था गर्नु पर्दछ । यस्तो प्रणाली अबलम्बन गरियो भने ‘फस्ट पास्ट द पोष्ट सिस्टम’मा जस्तो व्यक्तिले आफू जित्नका लागि जो सुकैसँग जस्तोसुकै सम्झौता गर्ने, व्यवसायीसँग चन्दा लिने जीत पछि उसैको हितमा काम गर्ने । यता चन्दा उठाउन नसक्नेले भने आफ्नो जायेजेथा सबै बन्धकी राखेर अनि आफू पनि जोगी बन्ने र घर परिवारलाई पनि सडकमा पुराउने बाध्यतावाट राजनीतिककर्मीहरु मुक्त हुनेछन् ।

३. राष्ट्रिय स्तरका पार्टीहरुलाई उसले पाएको मतका आधारमा राज्य कोषबाट बजेट दिने व्यवस्था गर्नु पर्दछ । झट्ट सुन्दा यो प्रस्ताव अत्यन्तै अलोकप्रिय लाग्न सक्दछ । यस्तो नीति लागु भएपछि कुनै पनि राजनीतिक दलहरुले आफ्ना पार्टी सदस्यसँग लिने सदस्यता शुल्क र लेवि बाहेक कसैसँग पनि चन्दा सहयोग लिन नपाउने व्यवस्था गर्नु पर्दछ । यदी कसैले कुनै दललाई चन्दा दिन चाहन्छ भने त्यो रकमको स्रोत के हो ? त्यो व्याक्तिको आर्थिक रेकर्ड कस्तो छ ? उसले राज्यलाई कर, भ्याट वा अन्य आर्थिक दायित्व चुक्ता गरेको छ कि छैन ? उ कालो सूचिमा परेको छ कि छैन ? यो सबै स्पष्ट हुनु पर्दछ । यदी राज्यको नजरमा खराब ठहरिएका व्यक्तिहरुबाट कुनै पनि दल विशेषले चन्दा लिएमा निर्वाचन आयोगले त्यस्ता दलको दर्ता खारेज गर्नु पर्दछ ।

४. चुनावमा वा अन्य कुनै काममा कुनै व्यक्तिबाट पार्टी वा नेताले चन्दा लिएमा त्यो पार्टी वा नेता सरकारमा हुुँदा त्यसलाई अशुल्न उसले गर्ने आर्थिक अनियमितताले राज्यलाई नोक्शानी पुगेको छ । चन्दा दिनेका पक्षमा गरिने गैरकानुुनी निर्णय, कमिशनको मोलमोलाई वा नीतिगत भ्रष्टाचारले राज्यलाई नचिताएको घाटा पुगिरहेको छ । यदी राज्यको कोषबाट पार्टीलाई बजेट दिने व्यवस्था गरियो भने पार्टीहरुलाई जाने कुल रकमभन्दा सयौं गुनाबढी राज्यले जोगाउन सक्दछ ।

५. राज्यवाट बजेट उपलब्ध भएका राजनीतिक दलहरुको लेखा परिक्षण सिधै राज्यको महालेखा परिक्षणको कार्यालयवाट गर्नु पर्दछ । हरेक बर्ष पार्टीले लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गर्नु पर्दछ । त्यो प्रतिवेदन संसदमा पेश गर्ने र त्यस उपर छलफल गर्ने प्रणाली स्थापित गर्नु पर्दछ ।

६. गम्भीर विरामी भई उपचारमा सरकारले आर्थिक सहयोग गर्नु परेमा कुनै पनि पार्टीको नेताका लागि सिधै उसैलाई होइन उसको पार्टी मार्फत मात्र सहयोग गर्नु पर्दछ । त्यसको खर्चको विबरण सरकारी निकायमा पेश गरेर पेश्की फस्यौट गर्ने प्रबन्ध गर्नु पर्दछ ।

०७१ फागुन १० गते
सचिव नेकपा (एमाले)

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया