Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

लण्डन – नेपाल पत्रकार महासंघ बेलायत शाखाले एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष धर्मराज अधिकारीलाई सामाजिक सञ्जाल फेसबुकमा लगाईएको आरोप गम्भिर भएको जनाएको छ ।

शाखाका महासचिव श्याम लुइंटेलद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या हुने खालका सामाग्री राख्नु निन्दनिय कार्य भएको उल्लेख छ । बेलायतका एकजना व्यवसायी एवं ब्रिटेन नेपाल चेम्बर्स अफ कमर्शका चेयरम्यान राजन कँडेलले मिति २०१४ नोभेम्बर १६ गतेका दिन सामाजिक सञ्जाल फेसबुकमार्फत अधिकारीको चरित्र हत्या गर्ने प्रयास गरेका थिए । कँडेल नेपालस्थित द ब्रिटिश कलेजका एमडी पनि हुन । सामाजिक सञ्जालमा कसैको व्यक्तिगत चरित्र हत्या हुने खालका सामाग्री नराख्न र सामाजिक सञ्जालको गरिमालाई समेत ख्याल राख्दै मर्यादित भाषाको प्रयोग गर्न पत्रकार महासंघ बेलायत शाखाले सबैमा आग्रह गरेको छ ।

त्यस सम्बन्धमा छलफल गर्न नेपाल पत्रकार महासंघ युके शाखाको ७ डिसेम्बर, आइतवार लण्डनमा पूर्ण बैठक बोलाएको विज्ञप्तिमा उल्लेख छ । ***

तपाईको प्रतिक्रिया