Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

पोखरा – दक्षिण कोरियामा फोर्कलिष्ट दुर्घटनामा परी ज्यान गुमाएका म्याग्दी हिस्तान-८ का पंकज पुनको परिवारलाई कोरियामा रहेका म्याग्देलीहरुले संकलन गरेको नेपाली रु ७ लाख ८० हजार बुधबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।

गत साउन ७ गते २५ वर्षको अल्पायुमा ज्यान गुमाएका पुनको परिवारलाई उत सहयोग रकम हस्तान्तरण गरिएको हो ।

कोरियामा रहेका म्याग्देलीको संस्था म्याग्दी सेवा समिति दक्षिण कोरियाको प्रयासमा संकलित रकम प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, स्थानिय विकास अधिकारी चिरञ्जिवी पौडेल, म्याग्दी समाज समिति कोरियाका सचिव पुष्कर पुन मार्फत स्वर्गीय पुनकी आमा प्रेमशोभा पुनलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आफ़्नो मेहनतको कमाईलाई समेत कोरियामा रहेका म्याग्देलीहरुले सामाजिक कार्यमा सहयोग तथा पीडामा मलम लगाउने काम गरेको बताए ।

प्रजिअ केसीले स्वर्गीय पुनको विमा वापतको रकम समेत छिटो ल्याउन प्रशासनबाट प्रयास भइरहेको समेत जानकारी दिए । दक्षिण कोरियामा काम गर्दै गर्दा फोर्कलिष्ट दुर्घटनामा निधन भएका पुन परिवारका एक्ला छोरा थिए । ***

तपाईको प्रतिक्रिया