कुनै पनि मानिसको द्वैधचरित्र वास्तविक जीवनमा राम्रो हुदैन । अझ एउटा सार्वजनिक जीवनमा महत्वपूर्ण एवं अलग पहिचान र उचाई बनाएका मानिसहरुलाई त झन बिलकुल शोभा दिदैन । चर्चित गायिका अञ्जु पन्तको केही समय अगाडिदेखि आइरहेको विवादास्पद कुराहरु उनले होइन मैले त्यस्तो भनेकि छैन शारिरिक अस्वस्थताले गर्दा गाउन असमर्थ भएको कुरा रुंदै गरेपछि केहि मत्थर भएको थियो सायद उनको स्पष्ट नभएको माफिले भन्दा पनि आंशुले उनिप्रति सहानुभुति बटुलिरहेको अवस्था थियो तर फेरी जब उनको अर्को भिडियो युट्युबमा आयो त्यसमा उनको द्वैधचरित्र स्पष्ट देखियो उनले आफुले अंगालेको आस्थाका अनुयायीहरु माझ खुल्लारुपमा एउटा पक्षलाइ खुशी र अर्को पक्षलाई दुखित बनाउने भाषाले प्रस्तुत भएकिछिन ।
पहिला रुदै डिसी नेपालको अन्तरवार्तामा त्यहि कुरा मैले होइन भनेकिछिन, जुनकुरा युट्युबको भिडियोमा भनिरहेकी छिन फेरी आफैले । यस्ता द्वैधचरित्रले मान्छेलाई एकदमै मुस्किलमा पार्छ । फेरि जुन धर्म उनले अपनाएकी छन बाइबलको मोटो किताबभित्रका कुनै पनि पन्नाहरुमा अरुको धर्मको अपमान गर्नु भनेर कतै लेखेको छैन । धर्मभित्रका केहि फरक नियम र आचरणहरु पक्कै छन तर मुलभुत कुरा सबै एउटै छन । जबसम्म कुनै पनि धर्मभिरुहरुले आफ्नो धर्मभित्रको हिन्दु, मुस्लिम, बुध्दिष्ट, जैन, क्रिष्चियन सबैले मुलुभुत कुरालाइ अक्षरश: पालना गर्दैनन तबसम्म म यो धर्म मान्छु भनेर आफ्नो धर्मको ब्याख्या र घमण्ड नगरे हुन्छ ।
अञ्जु पन्त जस्तो गायिकाले अरु देशका गायक-गायिकाहरुलाई पनि हेर्नुपर्थ्यो । उनि कति अन्धभक्त र धर्मभिरु रहिछिन भने पाष्टरलाई एसएमएस गरेर यस्तो अल्लाह, शिव शब्द भएको गीत गाउं कि नगाउं ? भनेर राय बुझ्दैथिइन । त्यतिबेला उनको मानसिकता एकदम गरिब देखियो ।अरुको आस्था र भावनामा चोट पुरयाइसकेपछि त्यसबाट निस्कने परिणामको मुल्य चुकाउन एकदम कठिन हुन्छ । धर्म शब्द नै जटिल शब्द हो यसले निम्ताएका विवादहरु बिश्वले नै भोगिरहेको अवस्था छ । आंशु, रोदन, पीडा, जुन असजिलो समयमा देखिने, छचल्किने मानविय संवेदनाहरु हुन । यि पनि जब अञ्जु पन्तका भनाई झुट्टा ठहरिए मनबाट भनेको कुरालाई ढाकछोप गर्ने माध्यम बनाइन उनले तब त सबै फिका फिका लाग्न थाल्यो । प्रभु परमेश्वरले उनलाई सदबुद्दि दिऊन र यो विवादबाट चांडै उन्मुक्ति पाऊन, हार्दिक शुभकामना । ***
टोकियो, जापान