Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

छोटकरीमा जीवनलाई बुझ्नका लागि र परिभाषित गर्नका लागि तारादेवीको ‘सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ …..’ भन्ने गीत नै काफी छ । हरेक मान्छेको आ -आफ्नै सपना हुन्छ । मान्छेअनुसार सपना साना ठूला हुन्छन् यो व्यक्तिपिच्छे फरक फरक हुने कुरा हो । कोही सहरको बीचमा एउटा घर ठड्याउन चाहलान्, कोही भएको घरमा तला थप्न खोज्लान् कोही ठूलो कम्पनीमा जागिर, कोही विदेश गएर धेरै पैसा कमाउने यस्तै अनगिन्ति सपनाहरु एक पटक मात्र पाईने जिन्दगीमा हरेकले देखेको हुन्छ र देख्नु पनि पर्छ ।

सपनाको कुनै सीमा छैन जस्तै केटाकेटी छँदा साइकल चढेको सपना देखिन्थ्यो, तन्नेरीमा बाइक र उमेर ढल्कँदै जाँदा गाडी । थाहा छैन ती भौतिक आकांक्षा मात्र थिए वा सपना जे होस् सपनाहरु परिवर्तनशील छन् । मान्छेले सपना नदेखि बसिरहनै सक्दैन । एउटा पुरा हुन नपाउँदै अर्को सपना देख्छ । त्यसैले त मानिसलाई प्रगतिशील प्राणीको रुपमा अघि बढाईरहन्छ र यो जीवनको यात्रा अविरल चलिरहन्छ । प्रायः मान्छेका सपनाहरु भौतिक हुन्छन् र सपनाका बिचमा पनि प्रतिस्पर्धा हुन्छन् । जस्तै छिमेकीको भन्दा अग्लो घर, ठूलो गाडी त्यस्तै त्यस्तै …….।  त्यस्तै यी परिवर्तन र असीमित सपनाहरुको भिडमा मेरा सपनाहरु छन् । अहिलेको अवस्थासम्म जीवन संसार बुझनु र देख्नु एक उद्देश्य छ । हरेक मान्छेमा केही न केही प्रतिभा लुकेको हुन्छ त्यसलाई खोतल्न जीवनलाई एक प्रयोगशाला बनाउनु पर्दोरहेछ । मेरो विचारमा अध्ययन र अनुभव त्यस प्रयोगशालाका प्रमुख शास्त्र हुन् । नयाँ शीप र कलाको विकास गर्नु, अरुको अनुभवहरुको अध्ययन गर्नु र नयाँ ठाउँ र भाषा संस्कृतिको अवलोकन गर्नु त्यसका हिस्सा हुन् ।

जीवनलाई एउटा यात्राको रुपमा स्वीकार गर्नु एउटा चुनौती हो । हामी प्रायः जीवनलाई स्थिर बनाइदिन्छौं । त्यही कि ८ बाट ८ को जिन्दगी, दैनिक त्यहि, त्यहि काम, त्यहि पेशा, त्यहि नाम र त्यहि ठेगाना । तसर्थ कुरा यथास्थितिमा, अनि कसरी फरक परिणामको आशा राख्न सकिन्छ र ? यदि हामीले नयाँ कुराको अनुभव र नयाँ गल्तीहरु गर्दैनौं भने दिमाखी विकासमा पनि रोकावट आउँछ । उही कुराहरु बारम्बार रजिष्टर गर्न दिमाख असमर्थ हुन्छ र जसको सोंच पनि संकुचित हुँदै जान्छ । नयाँ कुरा सिक्ने, नयाँ बानीको विकास गर्ने ब्रेनको जुन हिस्सा छ त्यो पनि संकुचित हुँदै जान्छ । अनि मान्छेले आफु बूढो भएको महसुस गर्दै जान्छ । तसर्थ मान्छे बूढो उमेरको कुरा होइन त्यो हाम्रो सोंच हो । नयाँ कुराहरुलाई स्वीकार गर्न नसक्नु नै बूढ्यौलीलाई निम्तो गर्नु हो । जव हाम्रो सोचाई शिथिल रहन्छ तब हाम्रो निर्णय गतिविधीहरु पनि संकुचित हुन्छ । स-साना समस्या, झै-झगडा, मनमुटाव, तितो-मिठोजस्ता जीवनका तुच्छ कुराहरुमा मान्छे अल्झिन थाल्छ र रिस राग, क्रोध, द्वेष, डाहजस्ता कुराहरुको विकास गर्छ ।

हाम्रो सोंच खुला हुनुपर्छ धर्म संस्कृति, जातभात, भोगोलिक परिधी, भाषा र भेषभूषामा सीमित हुनुहुँदैन संसार ठुलो छ, सुन्दर छ साथै हरेक ठाउँमा मान्छेको आफ्नो चाल-चलन, रितीरिवाज, परम्पराहरु छन् र हरेक मान्छे त्यसमा खुशी छ मात्र खुला सोंचले हेर्न सक्नुपर्छ, संसार अति सुन्दर छ र प्रकृति मनोरम छ । नराम्रो त संकुचित सोच मात्रै हो, जब मान्छेको सोच संकुचित हुँदै जान्छ तब निर्णायक बन्छ । आफुसँग भएको ज्ञान र सूचनाको आधारमा उसले सहि र गलत छुट्याउँछ । राम्रो, नराम्रो, सहि, गलत सबै सापेक्षिक कुरा हुन् सीमित श्रोत र सोचका परिणाम हुन् । सहि र गलत मात्र एक भ्रम हुन्, कुवाभित्रबाट संसार अँध्यारो देख्नुजस्तो । जीवन उज्यालो खोजीको एक यात्रा हो, बनाउनु छ यसलाई एक अझ रंगिन यात्रा, उदार दिलको एक समुन्द्र, तोड्नु छ संकुसचित सोचको घेरा, यो सामाजिक परिधि, जिउनु छ वर्तमान र बनाउनु छ हरेक दिन एक नयाँ जीवन । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया