Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

चन्द्रागिरीमा उडायाे
पृथ्वी काे सालिक
सालिक भनेकाे इतिहास हाे
जुन सालिकले देशको
गाैरब बाेकेकाे छ
देशको इतिहास बाेकेकाे छ
देशमा अान्दोलन हुन्छ
राजनीति परिवर्तन हुन्छ
अान्दोलनकाे  निसानामा पर्छ
सडकमा उभिएको सालिक
बहादुरी साथ ताेडफाेड गर्छन्
अनि भन्छन् हामीले
नयाँ इतिहास बनायोै
पुरानो इतिहास ढाल्याै
अान्दोलन संगै सालिक ढल्छ
सत्ताधारीहरू फेरि छलफल गर्छन्
कानेखुसी गर्छन्
भाेलि अाफ्नाे सालिक राख्ने
कल्पना गर्छन् फेरि
अान्दोलनकारी सम्झनछन्
अाफ्नाे सालिक ढलेकाे
सपना देख्न छन्
अनि
भाेलिकाे भबिस्यकाे कुरा साेच्दै
हिजो अाफुले ढालेकाे सालिक काे
अाफै अनाबरण गर्छन्
कति अचम्मकाे राजनीति छ हाम्रो
हिजो पुरानो सालिक ढाल्दा
सयाै युवा  गाेलि खाएर सहिद भए अाज फेरि हिजो ढालेकाे सालीक
फेरि नयाँ ढंगले ठहर्‍याएका छन्
हाे
अाफ्नाे इतिहास बनाउन चाहनेले
अर्को काे इतिहास पनि मान्न
सक्नुपर्छ

तपाईको प्रतिक्रिया