Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

दुबई – आवुधावीस्थित नेपाली दूतावासका नवनियुक्त द्वितिय सचिव कृष्ण अर्यालले मेशिन रिडेबल पासपोर्ट (एमआरपी) वितरणमा सहज वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।गुल्मी सेवा समाज युएईद्वारा राजदूतावासका नवनियुक्त अर्याल तथा सहचारी संगीता न्यौपानको स्वागतमा शुक्रबार संचालित विशेष कार्यक्रममा अर्यालले यस्तो बताउनुभएको हो ।

दूतावासमा एमआरपीको लागि निकै भिड देखिएको भन्दै द्वितीय सचिव अर्यालले नेपाली नागरिकलाइ छिटो र सरल सेवा सुविधाका लागि उचित पहल थाल्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा सहभागी हुनुभएका राजदूतावासका उपनियोग प्रमुख नेत्रबहादुर टण्डनले दैनिक ३ सयको हाराहारीमा पासपोर्ट आवेदन फारम संकलन गर्ने र त्यो भन्दा बढिको संख्यामा एमआरपी वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो ।ग्राहकका सेवा तथा सूचना आदान प्रदानमा नागरिकबाट संकलित जनगुनासोलाई निकै नै गम्भिर रुपमा लिइएको र यसको समाधानको निम्ति छिटै उचित कदम चालिनेछ भन्दै दुबईबासी नेपालीहरुलाई आश्वस्त पार्नुभएको छ ।

समाजका अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा जनसम्पर्क समिति युएईका अध्यक्ष चित्र केसी समितिकै महिला विभाग अध्यक्ष सीता केसी, उपाध्यक्ष कृष्ण गौतम, धादिङ सेवा समाज युएईका अध्यक्ष भिम अधिकारी, अबुधावी क्षेत्रीय समितिका अध्यक्ष मोहन खत्री तथा अन्य नेपाली विद्यार्थी जनसमुदायको उपस्थिति रहेको थियो । ***

 

तपाईको प्रतिक्रिया