दोहा – अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज दोहा कतारले अंग्रेजी नयाँ वर्षो अबसर पारेर कतारको दोहा स्थित होटल इष्ट वेष्टको सभाहलमा भव्य मनोरञ्जनपूर्ण कार्यक्रम सांगीतिक धमाका सम्पन गरेको छ ।
जलजला समाज कतारका कलाकारहरुले ’पूर्व मेचीदेखी पश्चिम महाकाली’ वोलको गितले अतिथिहरुलाई स्वागत गरे भने ’नयाँ सालको सुम्पिदै बधाई, स्वागतम छ उपस्थित सबैलाई’, उमङग छायो मनमा नयाँ सालको हुजर सबैलाई छ शुभकामना’ – तनहुँका लोकगायक विर श्रेष्ठले उक्त कार्यक्रममा गाएको गित हो ।
२५० भन्दा बढी उपस्थित दर्शकलाई नचाउन मात्र नभएर श्रेष्ठको प्रस्तुती प्रति दर्शकले तालीको कुनै कन्जुस्याई देखाएनन् अनेकस कतारका कोषाध्यक्ष तिलक राम्दामले संचालन गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष महेन्द्रप्रसाद पोख्रेलको सभापतित्व रहेको थियो ।
प्रमुख अतिथि एनआरएनएका केन्द्रिय उपाध्यक्ष टिबी कार्की रहेका थिए । कार्कीले कार्यक्रममा शुभकामना मन्तव्य दिदै दोहामा रहेका अन्य कलाकेन्द्र तथा साँस्कृतिक समाजलाई पनि समेटेर अगाडि बढ्न अनुरोध गरेका थिए ।
कार्यक्रमका विशेष अतिथिहरुमा, एनआरएन एनसीसीका अध्यक्ष मक्सुद आलम, समाजका अगुवा सागर नेपाल, समाजसेवी चानक पोख्रेल, युवा समाजेवी ईश्वर काफ़्ले रहेका थिए । अन्य अतिथिहरुमा संस्थाका सल्लाहाकार चिरञ्जिवी तिमिल्सिना, पत्रकार महासंघ कतार शाखाका कार्यवाहक अध्यक्ष गणेशप्रसाद बञ्जाडे, नुवाकोट समाज कतारका अध्यक्ष हरिकृष्ण रिमाल, महिला समाजसेवी रेनुका चापाँगाई लगायतको उपस्थित रहेको थियो ।
यसैगरी लोकदोहारी गायिका ईन्दिरा शाही र लोकदोहोरी गायक मधुसुधन डाँगीले ‘मायाजाल बुन्छु म’ बोलको गितमा बेजोडको लोकदोहोरी घम्साघम्सीका साथ दर्शकहरुलाई नेपालकै कुनै रोधी घरको सम्झना दिलाएका थिए ।
कार्यक्रममा दोहामा रहेका करिब दर्जन भन्दा बढी स्थानीय कलाकारहरुको उपस्थित रहेको थियो गत २०१३ मार्च महिनामा स्थापना भएको उक्त संस्थाले गत १६ अगष्ट २०१३ मा पनि दोहा स्थित एक रेष्टुरेण्टको सभाहलमा परिचयात्मक तथा एल्बम विमोचनका साथै स्थानीय कलाकारहरुको साथमा भब्य मनोरञ्जन कार्यक्रम समेत गरेको थियो ।
उक्त संस्थामा हाल ५४ जना स्थानीय कलाकारहरु आबद्ध रहेको संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति महेन्द्र पोख्रेलले बताउदै कलाकार भनेका देशका गहना हुन हामी परदेशमा रहेर आ नो दैनिक कार्यब्यस्तताबाट मिलेको थोरै समयलाई सदुपयोग गर्दै आफ़्नो देशको पहिचान भेषभूषा तथा कला सँस्कृतिलाई ओझेलमा पर्न दिएका छैनौ लोक संगीतलाई सँधै मायाका साथ अगाडि बढाएको जनाउँदै दोहामा रहेका विभिन्न समाज तथा बुद्धीजिवी लागायतलाई कलाकारलाई पनि एउटा स्थान र सम्मान दिनका लागि पोख्रेलले अनुरोध समेत गरेका थिए ।
यसैगरि कार्यक्रममा मनोरञ्जन प्रस्तुती संगै गायक बद्री खड्काले राजेश पायल राईको दर्शन नमस्ते एल्बमको गित धेरै पछि भेट भो दर्शन नमस्ते बोलको गित गाएर चिसिएको माहोललाई तातो तातो पार्दै दर्शकहरुलाई जोड्दार मनोरञ्जन दिलाएका थिए ।
लोकदोहोरी गायक अतिमान घलेले समुन्द्रको छाल, के छ त नि मायाको गाउघरको हाल … बोलको गित गाएर आ नो गाउँ घरलाई सम्झन बाध्य बनाएका थिए । लोकगायक वाईपी गौतम पोखरेलीले रुमाल हल्लाई हल्लाई, गायिका ईन्दिरा शाहीले चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा, चिसो चिसो पानीजस्ता आधा दर्जन गित गाएर कार्यक्रमको माहोललाई छुट्टै रौनकता प्रदान गरेका थिए ।
यसैगरी कलाकार विक्रम बुढाथोकी, निसान्त दर्जी, गुञ्जन लिम्बु, इशा घतानी, विना घतानी, नज्मा मियाँ, तिलक राम्दाम लगायतले कतारको बढ्दै गरेको जाडो संगै आफ़्नो जवानीको जोशकासाथ आफ़्नो नृत्य प्रस्तुत गरेका थिए भने हास्यकलाकार समिम मियाँले माग्ने बुढो तथा धुर्मुस लगायतको रोल गर्दै दर्शकलाई पेट मिची मिची हसाएका थिए ।
कार्यक्रममा संस्थाले स्थपनाकालदेखिनै संस्थाप्रति सहयोग पुर्याउदै आएका विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरेको थियो । सम्मानित हुनेहरुमा युवा समाजसेवी ईश्वर काफ़्ले, कलाकार नज्मा मियाँ, कमल परियार, गायिका ईन्दिरा शाहीलाई एनआरएनका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि टिबी कार्कीले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा एनआरएन एनसीसीका अध्यक्ष मक्सुद आलम, समाजका अगुवा सागर नेपाल, सँस्थाका सल्लाहाकार चिरञ्जीवि तिमिल्सीना लगायतले कार्यक्रमको सफलता संगै शुभकामना मन्तव्य दिएका थिए भने कलाकार नज्मा मिया र ईशा घतानीले अतिथिहरुलाई व्याज वितरण तथा खादा ओढाएर सम्मान गरेका थिए । उक्त कार्यक्रम करिब ४ घण्टा सम्म चलेको थियो । कार्यक्रमलाई सफल पार्न विभिन्न व्यक्ति तथा संस्थाहरुले आर्थिक सहयोग समेत गरेका थिए । ***











