क्वालालम्पुर – मलेसियाको जोहोरबारुस्थित जेसिवाई कम्पनीमा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।
धरान १६, रेलवे सुनसरीका २२ बर्षीय मोती लावतीको मृत्यु भएको हो ।
मंगलबार बिहान करिब १० बजेतिर कम्पनीमा कामका क्रममा रसायन ९केमीकल० राखिएको ट्यांकी सफा गर्ने क्रममा सोही ट्यांकीमा डुबेर उनको मृत्यु भएको हो । करिब १० फिट गहिरो ट्यांकीमा डुबेका उनको शव निकाल्न करिब ४ घण्टा लागेको त्यहाँ कार्यरत एक नेपालीले बताए ।
लावती सो कम्पनीको एसिटी विभागमा कार्यरत थिए ।
मृतक लावती करिब १५ महिनाअघि काठमाडौंस्थित इन्टरनेशनल मेनपावर प्रालिमार्फत मलेसिया आएका थिए ।








