Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

buddha-jayanti1दुवई -यूएईस्थित प्रवासी नेपालीहरुले भगवान बुद्ध नेपालमा जन्मेको हो भन्ने नाराका साथ २५५७ औं बुद्ध जयन्ती विधिवत रुपमा पूजाआजा गर्दै मनाएको छ । तमु समाज यूएईको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता तमु समाज यूएईका अध्यक्ष डिआर गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथि बृद्ध आमा गंगामति तमुस्यो रहनुभएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुको रुपमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रमलाईर् इन्द्रा तमुले संचालन गरेको थियो ।
भगवान बुद्धको पूजाआजा लगत्तै प्रसाद ग्रहण गरी कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरु शुरु भएको थियो । जसमा राजेश घलेले गाएको “हररात सपनीमा नेपाल देख्न पाउँ, बिउँझेर नेपालकै माटोलाई चुम्न पाउँ” भन्ने गीतले देश भक्तितिर लगेको थियो भने कपिल तामाङको “कान्छीलाई घुमाउने काठमाण्डौ शहर” गीतले दर्शकलाई भावनात्मक रूपमा साँच्चै नै काठमाण्डौ घुमाउनमा सफल भएको थियो । फेरि दीपक गुरुङ र नमुना गुरुङको “ऐ भेना ल्याई देऊ न मलाई पछौरी मलमलको” चुड्का गीतको नृत्यले छुट्टै रौनकता थपेको थियो ।

buddha-jayanti-2
स्थानीय गायक अमृत गुरुङको गीत “गुराँसको फेद मूनि सम्झनाको छायाँ” पनि निकै सान्दर्भिक लाग्थ्यो । त्यस्तैगरी जय गुरुङले गाएको गीत “सायद तिम्रो बाटोमा” र “हात्ती घोडा हैन मलाई माया चाहिन्छ” भन्ने गीतमा राम लामाको नृत्यले दर्शकलाई मनोरञ्जन दिएको थियो । अन्य कलाकार विनिता थापाको करुवा नृत्य, मुना गुरुङको आधुनिक गीत “सुरिलो रुख सल्लै हो, बोलाको तिमीले कल्लाई हो”, गुरुङ गीत “माया पिरती थेनो शिरमा” गुरुङहरुको मौलिकता झल्काउने गुरुङ ड्रेसमा आशिष गुरुङ र दीपक गुरुङको नृत्य र दीप शुब्बाले गाएको “तुलसी आगनमा रोपौला, जीवनभरी छातीमा राखी मायाले छोपौला” भन्ने गीतले पनि सबैलाई मनोरन्जन दिएको थियो ।

buddha-jayanti-3
त्यस्तैगरी “शिखलेसको मेलैमा” भन्ने गीतमा नमूना गुरुङ र राम काजी गुरुङको युगल जोडीको नृत्यले दर्शकलाई मनोरञ्जन दिनमा सफल भएको थियो । हेमन्त गुरुङले गाएको गीत बल्ल-बल्ल भेट भो दर्शन नमस्ते, दीपक गुरुङको एकल नृत्य, अमृत गुरुङ र पवित्रा गुरुङको युगल जोडी नृत्यमा दर्शकहरूले तालि बजाएका थिए ।
सोही कार्यक्रमको अवसरमा मृगौला पीडित दिनेश गुरुङलाई आर्थिक संकलन गरी सहयोग स्वरुप १ हजार २ सय १६ दिराम प्रदान गरिएको थियो । उक्त आर्थिक सहयोगप्रति बिशेष गरी इन्द्रा श्रेष्ठ तमुस्यो, सविना तमुस्यो, बुद्धिजीवी, समाजसेवी र सम्पूर्ण सहयोगीहरूलाई तमु समाज यूएईले धन्यबाद समेत दिएको थियो ।buddha-jayanti-4buddha-jayanti-6buddha-8buddha-9

तपाईको प्रतिक्रिया