Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
लन्डन- लण्डन ओलम्पिकमा नेपाली पौडी खेलाडी श्रेया धितालले नयाँ राष्ट्रिय किर्तिमान बनाएकी छिन् ।
ओलम्पिक स्टेडियम नजिक एक्वेटिक्स् सेन्टरमा स्थानीय समयअनुसार बुधबार बिहान दश बजे भएको एक सय मिटर फ्रि स्टाइल प्रतिष्पर्धामा श्रेयाले एक मिनेट दश दशमलव ८० सकेन्डमा प्रतिष्पर्धा पुरा गरेर आफ्नो पुरानो कीर्तिमान तोडेकी हुन् । प्रशिक्षक ओङ्देन लामाका अनुसार, यसअघि उनको नाममा एक मिनेट दश दशमलव ८४ सेकेन्डको कीर्तिमान थियो ।
कुल ५० प्रतिष्पर्धीमा उनी ४७ औं स्थानमा रहिन् ।
५ खेलाडी लिएर लण्डन पुगेको नेपालका लागि प्रतिस्पर्धा गर्ने श्रेया दोश्री खेलाडी हुन् ।

तपाईको प्रतिक्रिया