
टाेकियाे – लोकप्रिय सामाजिक सञ्जाल TikTok ले AI Alive नामक नयाँ फिचर सार्वजनिक गरेको छ । जसकाे प्रयाेगबाट फाेटाहरूलाई छोटो भिडियोमा रूपान्तरण गर्न सकिन्छ । अब सामान्य प्रयोगकर्ताले पनि ग्राह्राे सम्पादनकाे क्षमताबिना नै आकर्षक भिडियाेहरू निर्माण गर्न सक्नेछन् ।
यो सुविधाको प्रयोग गर्नका लागि प्रयोगकर्ताले Story Camera खोल्ने, फोटो छनाेट गर्ने र त्यसमा कस्तो परिवर्तन चाहिएको हो भनेर टाइप गर्नुपर्नेछ । जस्तै अनुहारमा मुस्कान ल्याउन, अगाडि झुकाउन वा नाच्ने बनाउन । त्यसपछि AI Alive ले फोटोमा यथार्थपरक रूपमा छोटो भिडियो तयार पार्दछ ।
TikTok का अनुसार, यस सुविधामार्फत बनाइएका भिडियोहरूलाई सार्वजनिक हुनुअघि दुई चरणमा पुनरावलोकन गरिन्छ । पहिलो चरणमा मूल फोटो, प्रयोगकर्ता दिएको निर्देशन र अन्तिम भिडियोको पुनरावलोकन गरिन्छ । दोस्रो चरणमा पोस्ट सार्वजनिक हुनुअघि फेरि एकपटक जाँच गरिन्छ। सबै AI Alive प्रयोग गरेर बनाइएका भिडियोहरूमा ‘AI-generated’ लेबल र C2PA metadata समावेश हुने TikTok ले जनाएको छ, जसले पारदर्शिता सुनिश्चित गर्नेछ।
AI Alive TikTok को पहिलो प्रमुख image-to-video AI उपकरण हो जुन प्लेटफर्ममै समावेश गरिएको छ। Snapchat र Instagram ले पहिले नै टेक्सटबाट फोटो बनाउने AI सुविधा ल्याइसकेका छन् भने, Snapchat ले पनि यस्तै image-to-video सुविधा विकास गरिरहेको छ।
यसका अतिरिक्त, TikTok ले सन्देश मार्फत फोटो र आवाज सन्देश पठाउने सुविधा पनि विकास गरिरहेको बताइएको छ जुन सुविधा प्रतिस्पर्धी एपहरूमा पहिलेदेखि उपलब्ध छ।
AI Alive थपिएसँगै TikTok ले आफ्ना प्रयोगकर्ताहरूका लागि सिर्जनात्मक उपकरणहरूलाई अझ समृद्ध बनाउने दिशामा नयाँ कदम चालेको छ। ***








