Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – कलाकार राजेश हमाल लाई लिएर चलचित्र बनाउने भन्दै बजेट दुरुपयोग गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, लेखापाल विमल साउद, प्रशासकीय अधिकृत लक्ष्मण साह र आरजे २४ मिडियाका अध्यक्ष रामबहादुर लम्सालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूमाथि करिब १२ लाख ७७ हजार रुपैयाँ अनियमितता गरेको आरोप लगाइएको छ।

अनुसन्धानका क्रममा परियोजनाका लागि दिइएको पेस्की रकम नियमविपरीत रूपमा वितरण गरिएको, आवश्यक बैंक जमानत बिना नै रकम दिइएको तथा खर्चका विवरणहरू विश्वसनीय नदेखिएको आयोगले जनाएको छ। ‘अन्धपथ’ नामक चलचित्र निर्माणका लागि गाउँपालिका र एक मिडिया कम्पनीबीच सम्झौता भएको देखिए पनि रकम भने अर्कै संस्थालाई भुक्तानी गरिएको पाइएको छ। साथै, विभिन्न खर्च शीर्षकमा पेश गरिएका बिलहरू पनि प्रमाणित गर्न नसकिने अवस्थाका रहेको अनुसन्धानमा उल्लेख गरिएको छ।

आयोगले यी सबै आधारमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै सम्बन्धित व्यक्तिहरूलाई कानुनी कारबाहीका लागि अदालतमा पेश गरेको हो।

तपाईको प्रतिक्रिया