काठमाडौं – कप्तान लियोनल मेस्सीको ह्याट्रिक प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप-२०२६ को विजयी सुरुवात गरेको छ । अमेरिकाको कान्सास सिटीमा बुधबार बिहान भएको समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
अर्जेन्टिनाका लागि तीनै गोल मेस्सीले गरे। छैटौं विश्वकप खेलिरहेका मेस्सीले विश्वकप इतिहासमा पहिलोपटक ह्याट्रिक पूरा गरेका हुन् । यो ह्याट्रिकसँगै विश्वकपमा सर्वाधिक गोलकर्ताको रेकर्ड उनले बराबरी गरेका छन् । मेस्सीको विश्वकमपमा १६ गोल पुगेको छ । जर्मनीका मिरोस्लाभ क्लोजले पनि १६ गोल गरेका थिए । मेस्सीका अगाडि यो रेकर्ड तोड्ने अवसर छ ।
उनले १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाए । यस जितसँगै अर्जेन्टिनाले तीन अंक जोड्दै समूह ‘जे’को शीर्ष स्थानमा उक्लिएको छ ।








