Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026

काठमाडौं – नेपाली लोक संगीतको श्रीवृद्धिमा अनवरत क्रियाशील दुई नक्षत्र- गायिका गीता भट्टराई र गायक नवीन पौडेलको स्वरमा रहेकाे  नयाँ लोकदोहोरी गीत ‘घुम्न जाउँ मायालु’ सार्वजनिक भएको छ । मौलिक झ्याउरे लयमा तयार पारिएको गीत गायिका भट्टराईको आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

राजधानीमा आयोजित एक विशेष समारोहका बीच वरिष्ठ लोकगायक खड्ग गर्बुजा र इन्द्रेणीका सारथि कृष्ण कँडेलले संयुक्त रूपमा गीतको भिडियो अनावरण गरेका हुन् । ‘घुम्न जाउँ मायालु’ मा गायिका गीता भट्टराईकै शब्द रचना रहेको छ भने अनुभवी संगीतकार सरोज विरही कार्कीले यसलाई लयबद्ध गरेका छन् ।

विशेषगरी पश्चिम नेपालको लोक संस्कृतिमा लोकप्रिय रहेको झ्याउरे भाकालाई यस गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ । गीतमा प्रेम, रोमान्स र नेपाली ग्रामीण परिवेशको जीवन्त चित्रण पाउन सकिन्छ ।

विमोचन कार्यक्रममा बोल्दै गायक नवीन पौडेलले आफूले सधैँ मौलिकतालाई प्राथमिकता दिने गरेको र यो गीत पनि त्यसकै निरन्तरता भएको बताए । उनले भने, ‘नेपाली माटोको सुगन्ध बोकेका झ्याउरे भाकाहरू हराउँदै गएको अवस्थामा यो गीतले श्रोतालाई फेरि पुरानै झल्को दिनेछ ।’ यस्तै, गायिका एवं शब्द संकलक गीता भट्टराईले आफ्नो सृजनाले लोक संगीतका पारखीहरूको मन जित्नेमा आफू विश्वस्त रहेको धारणा राखिन् ।

गीतको अडियो जति मिठासपूर्ण छ, यसको दृश्य पक्ष पनि उस्तै उत्कृष्ट बनेको छ । मिलन श्रेष्ठको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा कलाकारहरूले मौलिक वेशभूषा र आकर्षक नृत्यमार्फत गीतको भावलाई प्रस्ट्याएका छन् । भिडियोमा नेपाली प्राकृतिक सौन्दर्यलाई समेत कैद गरिएको छ, जसले गर्दा गीतको शीर्षक ‘घुम्न जाउँ मायालु’ लाई थप न्याय मिलेको छ ।

तपाईको प्रतिक्रिया